Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

संविधानले व्यवस्था गरेअनुसारनै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुन्छ: सञ्चारमन्त्री कार्की

खबरडबली संवाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानले व्यवस्था गरेअनुसार नै स्थानीय, प्रदेश  र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरिने बताएका छन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जनताको सार्वभौमिक अधिकारलाई अक्षुण्ण राख्दै जनताका भावनाअनुसार निर्वाचन समयमा सम्पन्न हुने विश्वास दिलाए ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले भने, “हामी मुलुकको आन्तरिक एकतालाई मजबुद बनाएर अघि बढ्न चाहन्छौँ, प्रमुख प्रतिपक्षी दलले लामो समयदेखि संसद् अवरुद्ध गरेको छ, यी सबै कुरा संसद्मै छलफल हुने जनतासँग सम्बन्धित विषय हुन् ।”

संसद्लाई प्रभावकारी बनाउने दायित्व सरकारको मात्र नभई प्रमुख प्रतिपक्षीको पनि भएको बताउँदै उनले एमाले लामो प्रजातान्त्रिक अभ्यासबाट आएको दल हुनाले यो मुद्दालाई राजनीतिको विषय वस्तु बनाएर जनतामा भ्रम सृजना नगर्न सुझाव दिए । 

मन्त्री कार्कीले भने, “निर्वाचन, आवधिक निर्वाचनको सिद्धान्त र महत्वप्रति सरकार पूर्णरुपले जानकार छ । वर्तमान  सरकारले लोकतन्त्रका मूल्यमान्यता, मर्म र संविधानको भावनाअनुसार मुलुकलाई अगाडि बढाउँछ ।” 

सिंहदरबारको अधिकार र सिंहदरवारले प्रदान गर्ने सेवा सुविधा स्थानीय तहमै पुर्‍याउने परिकल्पना संविधानले गरेको बताउँदै मन्त्री कार्कीले भने, “त्यो अधिकार र सेवालाई अझ प्रभावकारी बनाउने दिशामा यो सरकार प्रतिबद्ध छ ।”

उनले सरकारले संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहको निर्वाचनको व्यवस्था गर्ने र निर्वाचन हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरे ।

संविधान र कानुनमा रहेका अन्तरद्वन्द्वले केही दुविधा ल्याएकाले प्रधानमन्त्रीको उपस्थितिमा बसेको पाँच दलीय उच्चस्तरीय राजनीतिक सयन्त्रको बैठकमा कानुनविद्सँग पनि परामर्श भएको मन्त्री कार्कीले बताए । उनले संविधान र कानुन बाझिएको हदसम्म संविधानले नै मान्यता प्राप्त गर्ने स्थापित मान्यता भएकाले ऐनलाई संविधानसम्मत मिलाएर जानुपर्छ भन्ने भएतापनि यस विषयमा छलफल चलिरहेको जानकारी दिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending