Khabar Dabali ७ जेष्ठ २०७९ शनिबार | 21st May, 2022 Sat
Life insurence

स्वास्थ्य र पशु बीमामा शतप्रतिशत अनुदान

रासस
भक्तपुर । चाँगुनारायण नगरपालिकाको एउटा वडाले आफ्ना नागरिकलाई स्वास्थ्यदेखि पशु बीमासम्ममा शतप्रतिशत अनुदान दिएको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलले आफ्नो नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने र पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रम लागू गरेको हो । 
 
नगरपालिकाले आफ्ना नगरभरिका सबै नागरिकलाई स्वास्थ्य उपचारमा पहुँच पुर्‍याउन ५० प्रतिशत अनुदान प्रदान गरेको छ । चानपा–३ झौखेलले नगरपालिकाबाट आएको ५० प्रतिशत अनुदानमा अर्को ५० प्रतिशत वडाको अन्य बजेटबाट मिलान गर्दै वडाका सबै नागरिकलाई शतप्रतिशत अनुदान प्रदान गरेको वडाध्यक्ष श्यामसुन्दर धिमालले जानकारी दिए  ।
 
उनले भने,“सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा पुर्‍याएर उपचारमा सहज बनाउने लक्ष्यसाथ रु २५ लाख बजेट विनियोजन गर्दै वडाका आठ सय परिवारलाई शतप्रतिशत अनुदानमा स्वास्थ्य बीमा गराएका हौँ ।”
 
त्यसैगरी आफ्ना वडाका सबै नागरिकलाई पशुपालनमा आकर्षित गराउन वडा कार्यालयले पशु बीमामासमेत शतप्रतिशत अनुदान दिएको छ । पशु बीमा तर्फ राज्यले ८० प्रतिशत अनुदान दिएको र वडाले २० प्रतिशत थपेर शतप्रतिशत पुर्‍याएको हो । वडामा अहिलेसम्म दुई सय किसान लाभान्वित भएको जानकारी दिँदै वडाध्यक्ष धिमालले गाईभँैसी गरी दुई हजार पशुको बीमा गरिएको जानकारी दिए  ।
 
पशुबीमा गरेका किसानले पशुको मृत्यु भएमा ९० प्रतिशत रकम पाउने र पशुले हानेर किसानको मृत्यु भए पाँच लाख रुपैयाँ किसानले पाउने गरी किसानकोसमेत बीमा हुने उनले जानकारी दिए । यसवर्ष वडा कार्यालयले कृषि कार्यक्रमका लागि रु १६ लाख बजेट विनियोजन गर्दै किसानलाई कृषि टनेल निर्माण गर्न प्लास्टिक अनुदान दिएको छ ।
Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी डलर र कौडासहित ६ जना जुवाडे पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१...

काभ्रेपलाञ्चोकको बेथानचोकमा गठबन्धन विजयी

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्...

फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा हुनेः राष्ट्रपति

पेरिस । फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा गरिने राष्ट्रपतिले बताएका छन् ।  नयाँ सरकार गठनपछि नयाँ मन्त्रिपरिषद्को बैठक सोमबार बस्नेछ । नयाँ सरकार...

आधारभूत सुुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव

काठमाडौँ । सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।  प्रतिनिधिसभाको...

यही जेठ १३ गते बागमती प्रदेशसभा बैठक आह्वान

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार ब...

सिरहाका १७ मध्ये ११ स्थानीय तहको नतिजा सार्वजनिक, कसले कति जिते ?

लहान । यहाँका चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । यससँगै सिरहाका १७ स्थानीय तहमध्ये ११ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।...

यस कारण निर्वाचन आयोगद्वारा अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

धनगडी । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । व...

यौनहिंसाका आरोपितलाई शीघ्र कानूनी दायरामा ल्याउन सभामुखद्वारा सरकारलाई निर्देशन

काठमाडौं ।   सामाजिक सञ्जालमार्फत भाइरल भएको यौन हिंसाको घटनाको सम्बन्धमा गम्भिर ध्यानाकर्षण गर्दै शीघ्र छानबनि गरी दोषीलाई कानुनी दायरामा ल्याउन सभाम...

हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार विजयी

सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएकी छन् । उनले  एक हजार ६९५ मत प्राप्त गरी पाँच सय २३ मतान्तरले व...

‘आयमुखी अर्थतन्त्रलाई विस्थापन गर्न औद्योगिक विकासमा जोड दिऔँ’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल जारी रह्यो ।   छलफलमा सहभागी हु...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji