काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका सर्वमान्य सिद्धान्त, मुल्य र मान्यता अनुसार सहकारीहरुलाई अगाडी बढ्न र बढाउन सहकारी बोर्डको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।
आज मन्त्रालयमा आयोजीत राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्षमा नियुक्त भइका मित्रराज दवाडीलाई नियुक्ति पत्र प्रदान र प्रतिबद्धता जाहेर कार्यक्रममा मन्त्री श्रेष्ठले खारेजीको चरणमा पुगेको सहकारी बोर्डले पुर्नजीवन पाएको भन्दै सहकारी क्षेत्रलाई सहि दिशामा लैजान बोर्डले अहम् भुमिका खेल्नु पर्ने बताए । सहकारी बोर्डको अध्यक्ष समेत रहेकी मन्त्री श्रेष्ठले नीतिगत रुपमा देखिएका समस्या हल गर्दै सहकारी क्षेत्रलाई अनुशासित र मर्यादित बनाउदै देशको सापेक्षता र मौलिक ढंगबाट अगाडी बढाउनु पर्नेमा जोड दिए ।
उनले संविधानमा नै व्यवस्था गरिएको अर्थतन्त्रको तीन खम्वे नीति अनुरुप देशलाई समृद्धिको दिशामा लैजान सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुनेमा जोड दिदै सहकारी क्षेत्रको सुधारका लागि मन्त्रालयको सधै साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे । मन्त्री श्रेष्ठले सहकारी क्षेत्रसँग अहिले चुनौति र अवसर दुवै रहेकाले संभावनाको खोजी गर्दै सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्ने र गरिबी निवारण गर्न महत्वपूर्ण भुमिका खेल्नु पर्नमा समेत जोड दिए ।
कार्यक्रममा मन्त्रालयमा सचिव गणेशप्रसाद पाण्डेयले सहकारी क्षेत्रको सुधार आवश्यक रहेको औल्याउदै सहकारी बोर्डको आवश्यकता र औचित्य अझै छ भन्नेकुराको पुष्टी गर्नु आवश्यक रहेको बताए । राष्ट्रिय सहकारी विकास बोर्डका नवनियुक्त सहअध्यक्ष मित्रराज दवाडीले सहकारी क्षेत्रमा रहेका समस्या समाधान गर्न नीतिगत रुपमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०७९ - १७:०५
काठमाडौँ । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१...
जेष्ठ ६ गते, २०७९ - १६:५३
बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्...
जेष्ठ ६ गते, २०७९ - १६:४५
पेरिस । फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा गरिने राष्ट्रपतिले बताएका छन् । नयाँ सरकार गठनपछि नयाँ मन्त्रिपरिषद्को बैठक सोमबार बस्नेछ । नयाँ सरकार...
जेष्ठ ६ गते, २०७९ - १६:३१
काठमाडौँ । सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिएका छन् । प्रतिनिधिसभाको...
जेष्ठ ६ गते, २०७९ - १६:२०
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार ब...
जेष्ठ ६ गते, २०७९ - १५:५१
लहान । यहाँका चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । यससँगै सिरहाका १७ स्थानीय तहमध्ये ११ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।...
जेष्ठ ६ गते, २०७९ - १५:३३
धनगडी । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । व...
जेष्ठ ६ गते, २०७९ - १५:२०
काठमाडौं । सामाजिक सञ्जालमार्फत भाइरल भएको यौन हिंसाको घटनाको सम्बन्धमा गम्भिर ध्यानाकर्षण गर्दै शीघ्र छानबनि गरी दोषीलाई कानुनी दायरामा ल्याउन सभाम...
जेष्ठ ६ गते, २०७९ - १४:४५
सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएकी छन् । उनले एक हजार ६९५ मत प्राप्त गरी पाँच सय २३ मतान्तरले व...
जेष्ठ ६ गते, २०७९ - १४:३१
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल जारी रह्यो । छलफलमा सहभागी हु...
प्रतिकृया लेख्नुहोस्: