Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

स्वस्तिश्री गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’को मान्यता

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँको सानो भर्‍याङ्स्थित स्वास्तिश्री गुरुकुलले ‘आइबी वल्र्ड स्कुल’को मान्यता प्राप्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको भर्चुअल सहभागितामा आज गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’ घोषणा गरिएको हो ।

आइबी (अन्तर्राष्ट्रियस्तर) को मान्यता प्राप्त भएसँगै उक्त स्कुल आजैदेखि ‘स्वस्तिश्री गुरुकुल आइबी वल्र्ड स्कुल’ को नामबाट सञ्चालन भएको छ । यो अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रममा आधारित रहेर विद्यालयलाई दिइने उपाधि हो । नेपालमा योसँगै चारवटा विद्यालयले मात्र उक्त मान्यता पाएका जनाइएको छ । यहाँ आज भएको घोषणा कार्यक्रममा छोटो समयमै उक्त मान्यता प्राप्त गर्ने र काठमाडौँ जिल्लाको पनि पहिलो विद्यालय भएको दाबी गरिएको छ ।

समारोहमा स्वस्तिश्री नेपाली भाव र संस्कृति तथा अन्तर्राष्ट्रियस्तरको शिक्षाको सम्मिश्रणबाट विश्वस्तरीय गुणस्तरयुक्त शिक्षा नेपालमा नै प्रदान गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना भएको जानकारी गराइएको थियो । विसं २०७६ मा स्थापना भएको गुरुकुलले पहिलो वर्ष मन्टेश्वरी, दोस्रो वर्ष एकैसाथ शून्य विद्यार्थीबाट कक्षा १० सम्म स्कुल सञ्चालन गरेकामा चालु शैक्षिकसत्र अर्थात् तेस्रो वर्षदेखि ११ सम्मको कक्षा सञ्चालन गर्दै आएको छ ।

विश्वस्तरीय भौतिक पूर्वाधारसहितको नवनिर्मित भवनमा आधुनिक शैक्षिक प्रणाली र विद्यार्थीको रुचिअनुसारको गुणस्तरयुक्त तथा विद्यार्थीमैत्री पठनपाठन हुँदै आएको, कक्षा कोठा, पठन पद्धति, विद्यार्थीको सिकाइ, भौतिक पूर्वाधारलगायतका आधारमा झन्डै डेढ वर्षको अध्ययन अनुसन्धानपछि मात्रै गुरुकुलले विश्वस्तरको मान्यता प्राप्त गरेको विद्यालयले जनाएको छ । 

विद्यालयमा सञ्चालित आइबी। पिवाइपी। पाठ्यक्रम, फिल्ड वर्क एजुकेसन, लन्डन मन्टेश्वरी शिक्षाका लागि आइई।वाइसी। पाठ्यक्रम, वाटकिन्सन स्कुल, अमेरिकासँग शैक्षिक कार्यक्रमका लागि सहकार्य गर्दै आएको छ । यस्तै एसियाको ‘वेष्ट इमर्जिङ स्कुल अवार्ड २०२०–२०२१’ प्राप्त गर्न सफल स्वस्तिश्री गुरुकुलले स्वस्तिश्री स्पोर्ट एकाडेमी (एसएसए) स्थापना गरी फुटबल, फुटसल, पौडी, बास्केटबल, तेक्वान्दो, स्केटिङ, टेबलटेनिसलगायत खेलकुदका तालिम अन्य विद्यालयका इच्छुक विद्यार्थीका लागि प्रदान गर्दै आइरहेको गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकारले जानकारी दिए । 

उक्त स्कुल स्वस्तिश्री, इन्टरनेसनल स्कुल एसोसिएसन (आइएसए)को नेपालको एकमात्र सदस्य विद्यालय र इन्टरनेसनल स्कुल स्पोर्टस् फेडेरेशन (आइएकएफ) को नेपालको एकमात्र पूर्ण सदस्यता प्राप्त विद्यालय हो । 

राज्यमन्त्री श्रेष्ठले उक्त समारोहमा भर्चुअल माध्यमबाट सहभागी हुँदै परिवर्तित समय र आवश्यकता अनुसारको शिक्षा दिनका लागि स्वस्तिश्रीले गरेको लगानीको प्रशंसा गरे । संसारमा चलेको कार्यक्रम आइबी मान्यता प्राप्त स्कुलबाट उत्पादित विद्यार्थीलाई विश्वका उत्कृष्ट विश्वविद्यालयले सजिलै लिने उल्लेख गर्दै श्रेष्ठले यसको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । 

गुरुकुलका अध्यक्ष चित्रकारले भौतिक संरचनाले मात्रै होइन स्कुललाई शैक्षिक एवं प्राज्ञिक रुपमा समेत उत्कृष्ट बनाउने सोच रहेको बताउनुभयो । स्कुलका प्रिन्सिपल डा हिमलाल घिमिरेले मुलुकका चार विद्यालयमध्ये छोटो समयमा र काठमाडौँमै पहिलो आइवी मान्यता प्राप्त गर्न सफल भएको बताए  । ब्राइट फ्युचर स्कुलका संस्थापक अध्यक्ष मोहनकुमार कार्कीले स्कुलका विद्यार्थीले युरोपलगायत बाह्य मुलुकमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएको जानकारी गराए ।
 
स्कुलका आइभी संयोजक मक्सुद आलमले छोटो समयमा आइबी प्राप्त गर्ने नेपालकै पहिलो स्कुल बन्न सफल भएको बताए । स्कुलका एकेडेमिक निर्देशक प्रवीन मोक्तानले स्कुलको सफलताले अझै गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । समारोहमा स्वस्तिश्री गुरुकुलका प्रबन्ध निर्देशक मीना महर्जन चित्रकारलाई एलआरआई स्कुल कलङ्कीका संस्थापक अध्यक्ष शिवराज पन्तले आइवी वल्र्ड स्कुलको प्रमाणपत्र प्रदान गरेका थिए । यसअघि स्कुल प्राङ्गणमा आइवी वल्र्डको झण्डोत्तोलनका साथै लोगोको उद्घाटन गरिएको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies