Khabar Dabali ३ जेष्ठ २०७९ मंगलवार | 17th May, 2022 Tue
Life insurence

सङ्घीय कानुन आएपछि शिक्षामा लगानी गर्ने वातावरण बन्छ : राज्यमन्त्री श्रेष्ठ

खबरडबली संवाददाता

काठमाडौँ । प्र्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शैक्षिक विकासका लागि निजी क्षेत्रको समेत अपनत्व हुने गरी विभिन्न सङ्घीय कानुन ल्याउन लागेको जानकारी दिए । 

काठमाडौँको स्वस्तिश्री गुरुकुल स्कुलमा आज भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सङ्घीय कानुन आएपछि शिक्षामा निजी क्षेत्रले थप लगानी गर्नसक्ने वातावरण तयार हुने जानकारी दिए । उनले उक्त समारोहमा भर्चुअल माध्यमबाट सहभागिता जनाए । उनले प्राविधि र उच्च शिक्षा तथा विद्यालय तहको शिक्षाका विषयमा छुट्टाछुट्टै कानुन बन्ने जानकारी दिए । 

मन्त्री श्रेष्ठले परिवर्तित समय र आवश्यताअनुसारको शिक्षा जरुरी रहेको उल्लेख गर्दै नेपाल शिक्षा र स्वास्थ्यको हब बन्ने दाबी दिए । “अहिले पनि ६०/७० हजार विद्यार्थी पढ्न विदेश जाने गरेका छन्, अर्बौं पैसा विदेश जान्छ,” उनले भने, “त्यसलाई रोक्न नेपालमा गुणस्तरीय शिक्षा आवश्यक छ, सङ्घीय कानुन बनेपछि केही प्रभावकारी हुन्छ ।” 

राम्रो काम गर्दा टीकाटिप्पणी आउने उल्लेख गर्दै उनले धैर्य गर्न पनि सुझाव दिए । आजै स्वस्तिश्री गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’ घोषणा गरिएको थियो ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनकनन्दनीमा नेपाली कांग्रेसलाई पछि पार्दै जसपाका यादव विजयी

लहान । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले तीन हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेका छन् । उनका प्रत...

आँबुखैरेनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

भिमादको प्रमुख र उपप्रमुखमा एमाले विजयी

गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसको अग्रता

वडा नं ६ को अध्यक्षमा सुवेदी विजयी

तारकेश्वरको प्रमुख र उपप्रमुखमा कांग्रेस विजय

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बि...

तान्जानियामा १८ हजारभन्दा बढी चालकहरू पक्राउ

दार अस सलाम ।  तान्जानियामा सरकारी अधिकारीहरूले १८ हजारभन्दा बढीलाई पक्राउ गरिएको दावी गरेका छन् ।  ट्राफिक नियमको उलङ्घन गरेको अभियोगमा उनीहरूलाई ...

बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राना निर्वाचित

कञ्चनपुर । बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र राना निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकलबहादुर बिष्टल...

०७४ मा एमालेले जितेको गाउँपालिकाकाे अध्यक्षमा माओवादी विजयी

दैलेख । भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । संविधान जारी भएपछि पहिलो पटक २०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेले...

बालेनले ८ हजार २४८ मत ल्याउँदा एमालेका स्थापितले ४ हजार ३४२ मत ल्याए

काठमाडौं ।  काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिह्न लिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन्  । बालेन शाहा...

फेदीखोलामा एमालेका घनश्याम सुवेदी बिजयी

वालिङ । स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का घनश्याम सुवेदी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मत...

विजय सुवेदीलाई १७ मतले पछि पार्दै पुनः रेनु दाहाल अघि

भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी लाई पछि पार्दै नेकपा माओवादी केन्द्रकी रेनु दाहाल  पुनः अघि बढेकी छन् ।   ...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji