काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ ।
खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोकेको छ । कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार यसअघिको अभियानमा छुटेका उक्त उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय, नजिकको स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य क्लिनिकसँग समन्वय गरी खोप लगाउन सक्नेछन् ।
खोप लगाउन उमेर खुल्ने कागजात साथमा लिएर जानुपर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही माघ १० गते जारी गरेको सूचनाअनुसार आजदेखि माघ २० गतेसम्म विद्यार्थीका लागि खोप कार्यक्रम सञ्चालन गर्नेअनुरुप कामपाले खोप कार्यक्रमका लागि स्थान निर्धारण गरेको हो । कोराना महामारीका कारण अहिले देशभरिका विद्यालय बन्द छन् । खोप कार्यक्रमका लागि विद्यालय खोले पनि पठनपाठनका लागि भने वैकल्पिक शिक्षण सिकाइलाई निरन्तरता दिन कामपाले सबै विद्यालयलाई अनुरोध गरेको छ ।
हाल कामपामा १२ देखि १७ वर्ष उमेर समूहका झण्डै ६५ हजार बालबालिका छन् । झण्डै ५० हजारले पहिलो चरणको खोप प्राप्त गरेको शिक्षा अधिकारी सुवेदीले जानकारी दिए । हाल कामपामा ९० सामुदायिक विद्यालय छन् भने ५०० भन्दा बढी निजी विद्यालय छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०७९ - १४:०४
काठमाडौ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले अग्रता लिएका छन् । वैशाख ३० गते सम्पन्न निर्वाचनको ...
जेष्ठ ३ गते, २०७९ - १३:४७
रोल्पा । रोल्पाको एक नगरपालिकासहित छ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रोल्पा नगरपालिका, थवाङ, परिवर्...
जेष्ठ ३ गते, २०७९ - १३:३०
भरतपुर । भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले छ हजार २०७ मतका...
जेष्ठ ३ गते, २०७९ - १३:१०
रुपन्देही । तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ । मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतगणना रोकिएको हो ...
जेष्ठ ३ गते, २०७९ - ११:१०
लहान । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले तीन हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेका छन् । उनका प्रत...
जेष्ठ ३ गते, २०७९ - १०:५०
भिमादको प्रमुख र उपप्रमुखमा एमाले विजयी
जेष्ठ ३ गते, २०७९ - १०:३४
वडा नं ६ को अध्यक्षमा सुवेदी विजयी
जेष्ठ ३ गते, २०७९ - १०:१३
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बि...
जेष्ठ २ गते, २०७९ - २२:११
दार अस सलाम । तान्जानियामा सरकारी अधिकारीहरूले १८ हजारभन्दा बढीलाई पक्राउ गरिएको दावी गरेका छन् । ट्राफिक नियमको उलङ्घन गरेको अभियोगमा उनीहरूलाई ...
जेष्ठ २ गते, २०७९ - २१:५५
कञ्चनपुर । बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र राना निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकलबहादुर बिष्टल...
प्रतिकृया लेख्नुहोस्: