Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

मापदण्डविपरित नदीजन्य पदार्थ उत्खननमा अख्तियारको चासो

खबरडबली संवाददाता

गलेश्वर । म्याग्दी नदीमा मादपदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन भइरहेपछि अख्तियारले चासो बढाएको छ । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदी बगरमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशनरप्रशारण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको हो । 

बगर उत्खननको जिम्मा पाएका ठेकेदारले मापदण्ड मिचेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरेको समाचार प्रकाशित भएपछि आयोगको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको हो । 

मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको पाइएको अनुगमन टोलीका एक सदस्यले बताए  । नगरपालिकासँगको सम्झौता अनुसार बगरमा तीन हजार ७४२.२० घनमिटर उत्खनन गर्नुपर्नेमा ९३ सय घनमिटर उत्खनन भएको पाइएको उनले बताए । मापदण्ड अनुसार ९० सेन्टिमिटर गहिराईसम्म उत्खन्न गर्ने सम्झौता भएकोमा सरदर १ दशमलव ६ मिटर गहिरो बनाइएको छ ।

यस्तै अर्को सजेनी बगरमा पनि मापदण्डविपरीत नदी उत्खनन गरेको पाइएको छ । सतहदेखि १७ घनमिटर उत्खनन गर्ने सम्झौता भएकोमा दुई हजार एक सय घनमिटर उत्खनन भएको पाइएको छ । “मापदण्ड र सम्झौता विपरीत नदी उत्खनन भएको भनेर सूचना आएपछि अख्तियारको टोलीले स्थलगत अनुगमन गरको हो”, आयोगको पोखरास्थित कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालले भने, “मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गरेबापत के कारवाही गर्ने भन्ने विषयमा अनुगमन टोलीले रिपोर्ट बुझाएपछि मात्र निर्णय हुन्छ ।”

स्काभेटर प्रयोग गरी नदीको धार परिवर्तन गराई ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन गर्दा तटीय क्षेत्रमा बाढी, कटानको जोखिम बढेको, राजस्व गुमेको, जलचरको बासस्थान र वातावरणमा असर पुगेको छ । अनुगमनमा बेनी नगरपालिकाका कर्मचारीको समेत सहभागिता थियो । टोलीले अन्य बगरमा पनि अनुगमन गरेको थियो ।

सरकारको नदीजन्य बस्तु उत्खननसम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिबेदन र बेनी नगरपालिकासँग भएको सम्झौता विपरीत निर्माण कम्पनीले एक्साभेटर प्रयोग गरेर तोकिएभन्दा गहिरो खाडल बनाएर उत्खनन गरेको सोमबार अनुगमन गरेको समितिले जनाएको छ । 

बगरबाट सम्झौताभन्दा बढी परिणाममा उत्खनन भएको अनुगमन समितिले ठहर गरेको छ । नदीजन्य बस्तुको उत्खननमा एक्साभेटरलगायत ठूला उपकरण प्रयोग गर्न नपाउने कानुन छ । नगरपालिकासँगको सम्झौताअनुसार ठेकेदार कम्पनीले नगरपालिका–७ को अग्निखेत बगर, वडा नं–६ डम्मरा, जोगिगाडे बगर, चुत्रेनी बगर तल्लो, चुत्रेनीकै बगर माथिल्लो, वडा नं ५ को बगुवा खोला, सोही वडाको सजेनी बगर, वडा नं ३ को दूधखोला कोप्रे बगर र वडा नं २ को घुमाउने ताल बगरमा नदीजन्य पदार्थ उत्खननको अनुमति पाएका छन् ।

म्याग्दी नदीको नौ वटा बगरबाट १७ हजार ७६० दशमलब १५ घनमिटर नदीजन्य बस्तु उत्खनन र निकासीका लागि न्यूनतम ४३ लाख ८६ हजार ४६ दशमलब ६४ मूल्य राखेर ठेक्का आह्वान गरिएको थियो । रु ४४ लाख कबोलेको बागलुङको जुम्ली निर्माण सेवाले पुस २३ गते सम्झौता गरेको थियो । 

प्रत्यक्षदर्शीका अनुसार नगरपालिकासँग ठेक्का सम्झौता हुनुभन्दा एक हप्तादेखि नै उत्खनन थालेका व्यवसायीले नजिकै रहेको जिसी त्रसर उद्योगमा भण्डारण गरेर राखेका छन् । कम्पनीका प्रतिनिधि नीराजन खतिवडाले अलपत्र सडक आयोजनालाई आवश्यक नदीजन्य बस्तुको सहज आपूर्तिका लागि सरोकारवालासँग समन्वय गरेर उपकरणको प्रयोग गरेको दाबी गरेका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending