Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

चरी मारिनुमा मन्त्री बस्नेतको सनसनीपूर्ण बयान

\"mahesh_basnet\"० साउन, काठमाडौं । त्यो दिन मैले चरीलाई भनें, घत्यसरी हत्या गर्ने त संगठनको नीति छैन, हातखुट्टसम्म भाँच्न सकिन्छ । उनीहरुलेहाम्रा साथीहरुको हातखुट्ट भाँचेका छन् । टिट फर ट्याट । यसको लािग तिमीले संगठनको सहयोग लिंदा पनि हुन्छ ।’ मेरो उत्तर सुनेपछि चरीले भन्यो,  ‘यत्ति कामका लागि मलाई अहिले नै संगठनको आवश्यकता पर्दैन दाइ, म एक्लै काफी छु ।’ त्यसपछि उ उत्साहित हुँदै गयो । चरी निस्किए लगत्तै मेरो मनमा आशंका जम्मियो ‘कतै चरीले नराम्रो काम गरेर संगठनले आजसम्म पाएको इज्जत त सखाप पार्ने त होइन? मैले तत्कालै ऐनजीलाई फोन गरें ‘त्यो चरीलाई वाच गर्दै जानु है त्यसले नराम्रो काम गरेर पूरै संगठनको बदनाम गर्ला नी फेरि ।’ चरी आफैं पनि माओवादी पीडित रहेछ  । जुन उद्देश्यका लागि युथफोर्सलाई अघि बढाएका थियौं । त्यसका लागि चरीहरु हाम्रा सहयात्री हुनु आवश्यक थियो । एकाध मान्छे चरीका पृष्ठभूमिका  नभएसम्म वाइसियलले पेलरहने निश्चित थियो । चरीलाई ल्याउनुको कारण नै वाइसियललाई पछाडि धकेल्नु थियो। एमालेको बुटवलमा महाधिवेशन चलिरहेको बेला मोबाइलमा चरीको फोना आयो । उसले भन्यो, ‘दाई हामीले हान्दिउ त्यसलाई । सायद बाँच्दैन होला । अस्पताल भर्ना भएको छ। छातीमै गाली लागेको छ । मैले कुनै प्रतिक्रिया जनाउन सकिन । चरीले त्यो हदसम्म गएर कसैलाई गोली हान्ला भनी सोचेको पनि थिइन् । हदैसम्म भए जोग भाइको खुट्टा काट्नेको  खुट्ट भाँचिदेला, सुशीलको हात काट्नेकोहात भाँचिदेला भन्ने मात्रै ठानेको थिएँ । युथफोर्स  युवा संघका त्यस अघिका कारवाहीहरुमा त्यस्तो हतियारको प्रयोग भएको थिएन ।तर, चरीले गर्नु गरेको थियो । त्यसले मलाई ठूलो समस्यामा पार्यो । चरीले पार्टी प्रवेश गर्दिन भनेको काम गरेको थियो । त्यसले हामीलाई समस्यामा पारेको थियो । मैंले किन त्यस्तो गरेको भन्दा उ नाजवाफ भयो  । त्यसपछि अब चुपचाप बस्नु कतै बाहिर ननिक्नु भनें । त्यो घटनापछि गम्भीर छलफल भयो । चरीले आफूले गल्ती गरेको सहजै स्वीकार्यो । उसको काम क्षम्य थिएन । तर, माओवादीविरुद्ध गरेको आक्रमण  भए पनि त्यो मेरो पनि एउटा गल्ती थियो। तर, त्यसले वाइसियललाई अलि साइजमा ल्याइदियो । त्यो घटनापछि युथफोर्सलाई थ्रेट आउन छा्ड्यो। त्यसपछि पनि चरीलाई बारम्वार सम्झाँए । राजनीतिक बाटो हिंडे सामाजिक व्यक्तित्व बन्न सकिन्छ  नत्र अपराधकोबाटो समाते आफैंसँग पनि भागिरहनुपर्छ। पटकपटको भेटमा मैले हेर भाई पहिलो बाटो हाम्रो सहकार्य हुन्छ दोस्रो बाटो हिडिस् भने सहकार्य आजकै मितिबाट टुंगिन्छ । खासमा म डर देखाएर पनि उसलाई सही बाटोमा ल्याउन चाहन्थे । मैले यसो भन्दासम्म युथफोर्स विघटन भइसकेको थियो । तर, उसका दुष्कर्महरु बारम्बार दोहोरिएका थिए । सम्झाउदा पनि उसका अपराधिक कार्य घटेको थिएन।  गधालाई धोएर गाई बनाउन नसकिनेभएपछि म टाढिंदै गएँ । त्यति हुँदा पनि उसलाई अप्ठ्यारो परेको बेलमा मलाई फोन गर्न छाडेको थिएन । एकपटक दशैंताका प्रहरीले उसलाई गिरफ्तार गरेछ । सहयोगका लागि अनुनय विनय गरेपछि दशैको  बेला भनेर मैले प्रहरीलाई हुनेसम्म सहुलियत दिन भनेपछि उसले सुध्रिन्छु भन्यो र प्रहरीले छोडिदियो । पछि एसपी रमेश खरेलसँग सल्लाह गरेरै उसलाई चार पाँच महिना थुनामा राखियो सुध्रिन्छ की भनेर । हिरासतमै राखेर विभिन्न मुद्दा चलाउने सल्लाह खरेलसँग भएको थियो । उ चार महिना जेल बसेर निस्कियो । तर, लागेको बानी के छुट्थ्यो । हाम्रा सारा योजना र काम तुहिंदै गए । मेरो मन मर्यो । अबचाँहि साँच्चैउसलाई बेवास्ता गर्न छाडे । लामो समयसम्म उसँग मेरो सम्पर्क थिएन । चरी २०७१ साउन २१ गते प्रहरी इन्काउन्टरमा मारियो । त्यसभन्दा केही अगाडि प्रहरीले उसलाई पक्राउ गर्न खोजिरहेको छ भन्ने मलार्य थाहा थियो । उसलाई पक्राउ गरियास् र केही समय थुनामा राखियोस् भन्ने मेरो चाहना थियो । त्यो गर्दा उसमा सुधार आउँछ की भन्ने सोचेको थिँए । तर, इन्काउन्टरमा पर्यो । उद्योग मन्त्री महेश बस्नेतको भर्खरै प्रकाशित पुस्तक ‘म महेश’को अंश आजको बुधबार साप्ताहिकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending