काभ्रेपलाञ्चोक । युवा तथा खेलकूदमन्त्री महेश्वर गहतराजले देशको स्वाभिमान झुक्न नदिने बताएका छन् । काभ्रेको कोसीपूर्वमा अवस्थित चौंरीदेउराली गाउँपालिका–७ मादनकुँडारीस्थित ‘शहीद एवं बेपत्ता परिवार सम्मान एवं सालिक अनावरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)का विषयमा नेपालीको स्वाभिमान झुक्न नदिइएकोसमेत दाबी गरे ।
“एमसिसीमा नेपालीको स्वाभिमान झुक्न दिइने छैन, यदि १२ बुँदे व्याख्यात्मक टिप्पणीको बेवास्ता भए हामीले मानिहाल्नुपर्ने अवस्था रहन्न” उनले भने ।
कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकूदमन्त्री रत्न ढकालले शहीदको रगतले नयाँ नेपाल बनाउने प्रेरणा मिलेको जनाउँदै राजनीतिक स्थिरता तथा समाजवाद उन्मुख परिवर्तनको आवश्यकता औँल्याए ।
सांसद गङ्गाबहादुर दोङले एमसिसीका विषयमा सकारात्मक पहलबाट देश विभाजन हुनबाट जोगिएको धाराणा राखे । पूर्व राज्यमन्त्री सूर्यमान दोङले एमसिसीलाई आधार बनाइ संविधानमाथि गर्न खोजिएको आक्रमण सुझवुझपूर्ण ढङ्गले टारिएको बताए ।
सो अवसरमा नेकपा (एकीकृत समाजवादी)का प्रदेश सदस्य लोकबहादुर गौतम, नेकपा (माओवादी केन्द्र)को काभ्रेपलाञ्चोक अध्यक्ष रुकु चौलागार्इं, चौंरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतम, रामेछापको सुनापति गाउँपालिका अध्यक्ष दावा लामा, चौंरीदेउराली गाउँपालिका – ३ का वडाध्यक्ष विनोद घिसिङ र ७ का वडाध्यक्ष वीरबल लामालगायतले शहीदको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रमका अवसरमा मन्त्री गहतराजले गाउँपालिकाद्वारा आफ्नो क्षेत्रका सशस्त्र द्वन्द्वमा मृत्यु तथा बेपत्ता भएका ३५ परिवारलाई चालू आर्थिक वर्षबाट मासिक रु दुई हजार दिने घोषणा गरेअनुसारको रकम लक्षित परिवारलाई सम्मानसँगै हस्तान्तरण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: