Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

यसरी बने मुख्यसचिव सुवेदी

\"somlal_subedi\"काठमाडौं । सरकारले स्थानीय विकास सचिव सोमलाल सुवेदीलाई मुख्यसचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदको बुधबार बिहान सिंहरदरबारमा बसेको बैठकले ज्येष्ठ ब्याचका दोस्रो वरियताका सचिव सुवेदीलाई प्रशासनको सर्वोच्च पदमा बढुवा गरेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ -हालका मुख्य सचिव लीलामणि पौडेल शुक्रबारदेखि सेवा निवृत्त हुन लागेकाले सोही मितिबाट लागू हुने गरी सुवेदीलाई बढुवा गरिएको जानकारी सरकारका प्रवक्ता एव सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए । सुवेदीले शुक्रबारदेखि नै ७८ हजार निजामती कर्मचारीको मुख्य जिम्मेवारी सम्हाल्नेछन् । मन्त्रिपरिषदले तीन जना दाबेदारमध्ये ३४ वर्षे जागिर जीवनमा विवादमा नतानिएका र कांग्रेस-एमाले दुवैका साझा उम्मेदवार सुवेदीलाई पहिलो रोजाइमा पारेको हो । मुख्यसचिवको पदावधि तीन वर्ष हुन्छ । ५३ वर्षीय सुवेदी मुख्यसचिवको पूरै कार्यकाल सेवामा रहन पाउनेछन् । मुख्यसचिवका लागि सुवेदीसहित ज्येष्ठ ब्याचका पहिलो वरियतामा रहेका सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतम र तेस्रो वरियतामा उद्योग सचिव जयमुकुन्द खनाल दाबेदार थिए । वरिष्ठ सचिव गौतमलाई मुख्य सचिव बन्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाधक बनेको थियो । गौतमले नेपाल ट्रष्टको सचिव हुँदा जंगलसहितको गोकर्ण रिसोर्ट लिजमा दिंदा भएको सम्झौताविपरीत स्वामित्व हस्तान्तरण गरेको भन्दै अख्तियारले उनलाई कुनै पनि जिम्मेवारी नदिन सरकारलाई लिखित निर्देशन दिएको छ । त्यही निर्देशनका कारण सरकारले वरियता नमिचीकन दोस्रो नम्बरका सुवेदीलाई मुख्यसचिव बनाएको हो । मुख्यसचिवका लागि एमालेले खनाल र कांग्रेसको ठूलै समूहले शिक्षा सचिव विश्वप्रकाश पण्डितलाई अघि सारेका थिए । पण्डित भने दोस्रो ब्याचका सचिव हुन् । वरियता नमिचिने र भागबण्डा जस्तो पनि नदेखिने भन्दै सत्तारूढ कांग्रेस र एमालेले साझा उम्मेदवारका रूपमा सुवेदीलाई स्वीकारेका हुन् । निजामती सेवा ऐनमा बहालवाला सचिवहरूमध्येबाट सरकारले ज्येष्ठता र कार्यदक्षताका आधारमा मुख्यसचिव बढुवा गर्ने व्यवस्था छ । २०१९ पुस २३ मा कास्कीको थुम्की-६ मा जन्मेका सुवेदी ३४ वर्षअघि खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । सुवेदी शाखा अधिकृतमा नाम निकाल्दा योग्यताक्रमका आधारमा अर्थ मन्त्रालयमा परेका थिए । उनी खुला प्रतिस्पर्धाबाटै उपसचिव र सहसचिव बढुवा भएका थिए । उनले यी दुवै पदमा हुँदा अधिकांश समय स्थानीय विकास मन्त्रालयमा बिताए । त्यही कारण उनी स्थानीय विकास मामिलाका जानाकार मानिन्छन् । सुवेदी २०६८ वैशाख १ मा सचिव बढुवा भएका हुन् । सुरुमा श्रम तथ रोजगार, शिक्षा मन्त्रालय, विज्ञान प्रविधि तथा वातावरण र योजना आयोगमा सचिव भएका सुवेदी पछिल्लो समय संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा थिए । । \'वित्तीय विकेन्दि्रकरण\' विषयमा विद्यावारिधीसमेत गरेका सुवेदी आफूलाई लागेको कुरा प्रष्ट राख्न सक्ने हक्की स्वभावका प्रशासक मानिन्छन् । उनको स्वभावलाई हेरेर कतिपयले दम्भीसमेत भन्ने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending