Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

गोविन्द केसी छैटौंपल्ट अनसन बस्दै

\"dr_govinda_kc\"२२, साउन, काठमाडौं । आफूसँग भएको ११ बुँदे सम्झौता कार्यान्वयनमा सरकारले पटक–पटक आलटाल गरेपछि डा. गोविन्द केसी छैटौं सत्यागृह तयारीमा जुटेका छन्। आजको नागरिक दैनिकमा खबर छ शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. केसीले अघिल्ला अनशनक्रममा सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग राख्दै दिएको दुई साता लामो अल्टिमेटम शुक्रबार सकिँदैछ। पाँचौ अनशनक्रममा गत चैत १९ गते भएको ११ बुँदे सम्झौतामध्ये दुई बुँदा मात्र कार्यान्वयन भएको छ। चार महिना बितिसक्दा पनि नौवटा माग कार्यान्वयन नभएपछि केसीले अल्टिमेटम दिएका थिए। अल्टिमेटमको अघिल्लो दिन (बिहीबार)सम्म आइपुग्दा कुनै पनि सरकारी प्रतिनिधिले औपचारिक रूपमा मागबारे चासो नदिएको ड.।केसीले बताए। सरकारले प्रत्येक वर्ष अनशन र आन्दोलन स्थगितका लागि मात्रै सम्झौतालाई सीमित राखेपछि बाध्य भएर छैटौँपटक सत्याग्रह तयारीमा पुगेको उनको भनाइ छ। पछिल्लो समय माथेमा प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने माग राखेलगत्तै सरकारले कार्यान्वयन सट्टा थप अध्ययनका नाममा एक महिना पन्छाएपछि डा.केसी आक्रोशित भएका छन्। \'यति अनुत्तरदायी सरकारसँग के अपेक्षा गर्नुरुु उनले भने, \'म फेरि जनता गुहार्छु, यो आमजनताको स्वास्थ्यसँग जोडिएको विषय हो। मेरो लडाइँ रोकिँदैन।\' पाँचौ अनशनक्रममा सरकारले त्रिवि पूर्वउपकुलपति डा।केदारभक्त माथेमा संयोजकत्वको कार्यदल बनाएको थियो। माथेमा प्रतिवेदन प्राप्त भएपछि स्वास्थ्य शिक्षा नीति बनाएर त्यहीअनुसार सम्बन्धन रोक्ने सम्झौता गरेको थियो। कार्यदलले गत असार १४ गते प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ। \'सरकार निजी मेडिकल कलेजको इशारामा प्रतिवेदन लागू गर्न डराइरहेको छ\' केसीले भने, \'आमनागरिकको चासोको विषय भनेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्री नै लागू गर्न हिच्किचाउनुले सरकार फेरि माफियाको प्रभावमा परेको स्पष्ट भएको छ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending