Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

किरिया गरेका व्यक्ति २५ वर्षपछि फर्कंदा ....

२२ साउन, काठमाडौं । मृत्युपछि काजकिरिया गरिएका व्यक्ति ज्युँदै फर्किए के होला ? एउटा त्यस्तै घटना सप्तरीको देउरी गाविस ९ मा घटेको छ । मृत्यु भएको विश्वास गरिएका सप्तरीका ३५ वर्षीया सूर्यनारायण शाह २५ वर्षपछि जिउँदै फर्किएपछि सबै चकित भएका छन् । उक्त घटनाको सत्यतथ्य छानविन गर्न अहिले प्रहरीले डिएनएको सहारा लिइरहेको छ । प्राप्त जानकारी अनुसार त्यतिबेला स्थानीइ बासिन्दा चलितर साहले आफ्ना भान्जा सूर्यनारायण साह मरिसकेको विश्वास गरेर आफ्नै हातले दाहसंस्कार गरेका थिए । अहिले सूर्यनारायण नामकै एक व्यक्तिले आफू नै चलतिर साहको भान्जा भएको बताएपछि त्यहाँको स्थिति असामान्य भएको छ । प्रहरी निरीक्षक लालध्वज सुवेदी कसको दाबी पत्याउने भन्ने कुरामा अन्यौल भएको बताउँछन् । ‘डिएनए परीक्षणपछि एक दुई महिनाभित्रै यो कुराको पुष्टी हुनेछ ।’ सुवेदीले भने । सुवेदीका अनुसार आफूलाई सूर्यनारायण साह बताउने उनकी आमाको रगत लिई डिएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान अनुसन्धान प्रयोगशालामा पठाइसकिएको छ । प्राप्त जानकारी अनुसार सूर्य नारायणलाई १० वर्षकै उमेरमा काममा लगाइदिन्ुछ भन्दै मामा चलितरले भारतको पञ्जाबस्थित जालन्धर सहर पुर्याएका थिए। त्यसपछि तीन महिनापछि त्यहाँ एउटा फलाम उद्योगमा काम गर्दा गर्दै सूर्यनारायणको लडेर मृत्यु भएको आफैंले दाहसंस्कार गरिसकेको मामा चलितरले बताएपछि उनकी आमा सोमादेवीले हिन्दु रिवाजअनुसार विधिपूर्वक काजक्रिया पनि गरिसकेकी थिइन् । यद्यपी केही साता अघिमात्र सूर्यनारायण जिवितै फर्किएपछि गाउँमा हल्लीखल्ली मच्चिएको छ । सूर्यनारायणले आफ्ना मामा चलितरले आफूलाई जालन्धरको फलाम उद्योगका मालिकलाई ५० हजार भारतीय रुपैयाँमा बिक्री गरेर भागेको आरोप लगाएका छन् । आफू २५ वर्षको निरन्तर प्रयासपछि त्यहाँबाट भाग्न सफल भएको सूर्यनारायणको दाबी छ । आजको साप्ताहिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending