Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

डिभी–पिआर लिएका, जागिरबाट राजीनामा गर्ने उच्च प्रहरी अधिकारी यस्ता छन्

\"Nepal_Police\"काठमाडौं । विभिन्न देशको आवासीय अनुमति लिएका प्रहरीले धमाधम राजीनामा दिन थालेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ सशस्त्र प्रहरी बलका एक डिआइजी तथा नेपाल प्रहरीमा एक डिएसपीले राजीनामा दिएका छन् । सशस्त्र प्रहरी बलका डिआइजी दुर्गाबहादुर कुँवरले दिएको राजीनामा गृह मन्त्रालयले स्वीकृत गरिसकेको छ । उनले विदेशी आवासीय अनुमतिको कारण नभई व्यक्तिगत कारण देखाई राजीनामा दिएका छन् । तर, नेतृत्वसँगको असन्तुष्टिका साथै अमेरिकाको पिआर भएकाले उनले राजीनामा दिएको स्रोतको दाबी छ । नेपाल प्रहरीका डिएसपी खेम केसीले पनि प्रहरी प्रधान कार्यालयमा राजीनामा दिएका छन् । उनले पारिवारिक कारण देखाउँदै राजीनामा दिएका छन् । उनको राजीनामा भने स्वीकृत भइसकेको छैन । सशस्त्र प्रहरी बलका तीनजना अधिकृतले आफूहरूसँग विदेशको आवासीय अनुमति रहेको जानकारी दिएका छन् । सशस्त्र प्रहरी बल नियमावली ०७२ अनुसार सशस्त्र मुख्यालयले डिभी, पिआर वा ग्रिनकार्डबारे जानकारी दिन एक महिनाको अवधि दिएको थियो । त्यस्तो अवधि बुधबारबाट सकिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी पुष्पराज केसीका अनुसार यो अवधिमा तीनजना अधिकृतले आफूसँग विदेशी आवासीय अनुमति रहेको जानकारी गराएका छन् । दुईजना डिएसपी र एक इन्स्पेक्टरले त्यस्तो जानकारी गराएको उनले बताए । ‘अब एक महिनाभित्र कि उनीहरूले विदेशको आवासीय अनुमति त्याग्नुपर्छ कि जागिर छाड्नुपर्छ,’ डिआइजी केसीले भने । जानकारी नदिएकाहरूसँग डिभीरपिआररग्रिनकार्ड पाइए उनीहरूलाई बर्खास्त गरिने केसीले बताए । सशस्त्र प्रहरी नियमावलीको दफा १०७ मा अन्य कुनै पनि मुलुकको स्थायी आवासीय अनुमति लिन नहुने कुरा उल्लेख छ । नेपाल प्रहरीले पनि अन्य देशको आवासीय अनुमति लिएका प्रहरीलाई कारबाही गर्न नियमावली संशोधनको प्रक्रिया अघि बढाइसकेको छ । प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बमका अनुसार नियमावली संशोधनको मस्यादौ गृह मन्त्रालयमा पठाइसकिएको छ । नियमावली संशोधन भएपछि छानबिन र कारबाही प्रक्रिया सुरु हुने उनले बताए । स्रोतका अनुसार नेपाल प्रहरीमा ठूलो संख्यामा अन्य देशको आवासीय अनुमति लिएका प्रहरी अधिकृत छन् । तीनजना एसएसपीसँगै त्यस्तो आवासीय अनुमतिपत्र रहेको मुख्यालय स्रोत बताउँछ । कारबाही हुने नै भएपछि अन्य केही प्रहरीले पनि पहिले नै जागिर छाड्ने तयारी गरेका छन् । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पहलमा विदेशको आवासीय अनुमति भएका कर्मचारीलाई कारबाही प्रक्रिया सुरु भएको हो । उनको यो कदमको सर्वत्र प्रशंसा भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending