Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

राजधानीका सडकमा बल्दैनन् बत्ती

\"batti\"काठमाडौं । राजधानीका मुख्य चोकमा सवारी व्यवस्थापन सहज गर्न राखिएका ट्राफिकलाइट बल्न छाडेको पाँच वर्ष नाघेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ०६७ मा उपत्यकाका चोकमा बिग्रिएका लाइट अझै बलेका छैनन् । जसका कारण ट्राफिक व्यवस्थापन मिलाउन ट्राफिक प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ । बजेट नभएको भन्दै लाइट मर्मत हुन नसकेका हुन् । ‘लाइट नहुँदा ट्राफिक व्यवस्थापनमा किनै कठिन भइरहेको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी जयबहादुर चन्द भन्छन्, ‘लाइटले काम नगर्दा धेरै जनशक्ति खटाउनुपरेको छ ।’ उपत्यकाको पुतलीसडक, सिंहदरबार, थापाथली, कालिमाटी, त्रिपुरेश्वर, दरबारमार्ग, केशरमहललगायतका स्थानमा रहेका ट्राफिकलाइट बिग्रिएका छन् । राजधानीका अरू धेरै मुख्य चोकहरूमा ट्राफिकलाइट नै छैनन् । ट्राफिक महाशाखाका प्रवक्ता एसपी पोषराज पोखरेलका अनुसार माइतीघरदेखि सूर्यविनायकसम्मको नयाँ सडकखण्डबाहेक अन्यन्त्र ट्राफिक प्रहरीले हात हल्लाएरै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था छ । कार्यालय समयमा सर्वसाधारणले समेत जभाभावी बाटो काट्ने गर्दा मुख्य चोकहरूमा कतिपय अवस्थामा सवारी व्यवस्थापन ट्राफिकको नियन्त्रणबाहिर पुग्ने गर्दछ । ‘४० लाख सर्वसाधारण बस्ने देशको राजधानीमा हात हल्लाएर ट्राफिक व्यवस्थापन गर्नु अन्तर्राष्ट्रिय बेइज्जत हो,’ एक ट्राफिक अधिकृतले भने, ‘यसले अनुशासन उल्लंघन गर्ने प्रवृत्ति र दुर्घटना दुवै बढाएको छ ।’ उपत्यकामा नियमित चल्ने सवारीसाधनको संख्या मात्र आठ लाख पुगेको छ । हरेक वर्ष झन्डै एक लाखका दरले सवारीसाधन थपिने गरेको यातायात व्यवस्था कार्यालयको तथ्यांक छ । ट्राफिकलाइट मर्मतको काम सडक विभागको हो । तर, विभागले यसलाई प्राथमिकतामा राखेको छैन । सडक विभागले ट्राफिकलाइट मर्मत नगरेपछि ट्राफिक अधिकारीहरू विदेशी सहयोग खोज्न थालेका छन् । विभिन्न चोकमा जडान गरिएका बत्तीहरू जापान सरकारले सहयोग गरेको हो । तर, विदेशीले गरेको सहयोग पनि सदुपयोग हुन सकेन । ५० लाख रुपैयाँ भए उपत्यकाका सबैजसो चोकमा लाइट जडान हुनसक्छ । ‘एक लिटर पेट्रोलबराबर एक रुपैयाँ चालकहरूसँग एक महिना उठाइयो भने उपत्यकामा दुई करोड ५० लाख रुपैयाँ जम्मा हुन्छ,’ एक ट्राफिक प्रहरीले भने, ‘यदि सरकारले चासो दिएन भने त्यसरी पनि काम गर्न सकिन्छ ।’ ट्राफिकलाइट नहुँदा जामको समस्या पनि बढी भएकाले चालकहरूसँग त्यसरी थोरै–थोरै रकम उठाएर ट्राफिकलाइट जडान र मर्मत गर्न सकिने ट्राफिक प्रहरीहरू बताउँछन् । ललितपुरमा कुनै पनि स्थानमा ट्राफिकलाइट नरहेको ललितपुर ट्राफिकका प्रमुख इन्स्पेक्टर सीताराम हाछेथुले बताए । ‘रातो बत्ती बल्दा रोकिने र हरियो बल्दा अगाडि बढ्ने भनेर विद्यालयमा सिकाइन्छ,’ हाछेथु भन्छन्, ‘तर, त्यो देखाउनका लागि उदाहरणसमेत हामीसँग छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending