Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

थालियो इको पार्क निर्माण

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा वातावरणमैत्री (इको) पार्क निर्माणको कार्य सुरु गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरको रु १५ लाखको लागतमा वातावरण (सङ्घ सशर्त अनुदान) तर्फको आव २०७८/७९ को स्वीकृत कार्यक्रमअन्तर्गत पार्क निर्माणको कार्य अगाडि बढाइएको हो । 

सिद्धनाथ मन्दिर नजिकको डेढ बिघा क्षेत्रफलमा फैलिएको प्राकृतिक ताल क्षेत्रमा पार्क निर्माण हुन लागेको वडाध्यक्ष उत्तरदेव भट्टले बताए  । तालको जैविक विविधता संरक्षण गर्ने कार्यसँगै आन्तरिक पर्यटकलाई लक्षित गरी विभिन्न संरचना निर्माणको कार्य हुने उनले बताए  । 

“चालु आवमा विनियोजित बजेटबाट अतिक्रमणको चपेटामा पर्दै गएको ताल क्षेत्र जोगाउनका लागि घेरबार निर्माण गर्ने कार्यसँगै ताल क्षेत्रसँगै जोडिएको मैदान व्यवस्थापनको कार्य गर्छौँ”, उनले बताए, “आउँदो आवमा पार्कका अन्य संरचना निर्माणको कार्य हुन्छ ।” यसका लागि सिद्धनाथ मन्दिर संरक्षण समितिलाई कार्य अगाडि बढाउने जिम्मा दिइएको छ । समितिकै पहलमा घेरबार निर्माण गर्ने र मैदान व्यवस्थापन गर्ने कार्य हुनेछ । 

बृद्ध मिलन केन्द्र, योग भवन र सिद्धनाथ मन्दिर क्षेत्रलाई इको पार्कसँग जोडेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सारिएको छ । तालमा नौका विहारको सम्भाव्यता अध्ययनको कार्यसमेत सुरु गरिएको छ । “ताल क्षेत्रसँगै जोडिएको मैदान क्षेत्रमा विश्रामस्थल, बालबालिकाका लागि खेल्ने संरचना निर्माण, शारीरिक व्यायाम गर्ने संरचना निर्माणसँगै पानीका फोहरा राख्ने कार्य आउँदो आवमा हुनेछ”, अध्यक्ष भट्टले भने, “त्यस कार्यका लागि बजेटको स्रोत जुटाउनका लागि जुटेका छौँ ।”

ताल कमलका फूलसँगै विभिन्न प्रजातिका चराचुरुङ्गी, माछा, भ्यागुता, कछुवाको बास स्थानका रुपमा रहेको छ । जैविक विविधताले भरिपूर्ण भएको ताल जोगाउनका लागि इको पार्कको अवधारणा अघि सारिएको बताइएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending