Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

आयुर्वेदिक उपचारमा आकर्षण

खबरडबली संवाददाता

रसुवा । धामीझाँक्री र एलोपेथिक औषधिमा निर्भर हुँदै आएका स्थानीयवासी पछिल्लो समय आयुर्वेदिक उपचारमा अकर्षित भएका छन् । नियमित हेल्थपोष्ट जाने बानी परेका बिरामीमा  जडीबुटी मिश्रण औषधिले राम्रो लक्षण देखाएपछि सामान्य उपचारका लागि पछिल्लो समय आयुर्वेदिक स्वास्थ्य केन्द्रतर्फ जान थालेका हुन्। आयुर्वेदिक उपचार सेवाका लागि आयुर्वेद विभागले रसुवाको पारच्याङ, भोर्ले, लहरेपौवा, स्याफ्रु तथा धुञ्चेसमेतको स्थानबाट सेवा प्रदान गरिरहेको छ ।

जिल्ला आयुर्वेद केन्द्र प्रमुख डा अमूल दाहालका अनुसार आयुर्वेदिक उपचारबाट चालु आर्थिक वर्षमा जिल्लाभर नौ हजार ९३३ पुरुष र तीन हजार २५२ महिला गरी कूल १३ हजार १८५ नागरिकले सेवा लिइसकेका छन् । जिल्लावासीलाई पहिला एउटा सिटामोलसमेत पाउन गारो हुने गरेकामा  अहिले दुईवटा अस्पताल, गाउँगाउँमा स्वास्थ्यचौकी, गाउँघर क्लिनिक, महिला स्वयसेविकाको व्यवस्थाका साथै ठाउँठाउँमा आयुर्वेदिक स्वास्थ्य केन्द्र र उपकेन्द्र सञ्चालनले उपचार सेवा निकै सहज भएको जिवजिवे महादेवस्थान टोलका समाजसेवी चिरञ्जीवी पौडेलले बताए  ।

कार्यरत चिकित्सकमध्ये जिल्ला अस्पतालमा डा आनन्द श्रेष्ठ, विजय खनाल, रमेश खरेल, एवं आयुर्वेदतर्फ डा बाबुराजा अमात्य तथा सत्यराज थपलियाको योगदान महत्वपूर्ण रहेको स्थानीय बासिन्दाले बताए ।यस्तै जडीबुटी औषधिका साथै परम्परागत रूपमा उपयोगमा  आएको धामीझाँक्रीको व्यवस्था अहिले पनि विद्यमान छ । गाउँ घरमा बिरामी पर्नासाथ पहिलो चरणमा झाँक्रीमार्फत  फुकफाक गराएर मात्र औषधि खुवाउने वा स्वास्थ्य केन्द्र लाने चलन अझै पनि विद्यमान छ । नियमित फुक्ने झाँक्रीले पनि अब एकपटक मात्र फुकेर छिटो अस्पताल लैजान  सुझाव दिन थालेका छन् । 

अस्पताल नहुँदादेखि चलिआएको पुरानो फुकफाकको चलन क्रमशः हटाउँदै लान आफूहरू पनि प्रयास रहेको सम्बद्ध झाँक्रीहरुले बताए । यो चलन हटाउन लामो समय लाग्छ । हामीहरूले छिटो अस्पताल लान सुझाव दिँदै अगाडि बढेका छाँै सोनाम झाँक्रीले बताए  । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending