Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

खबरा र हाडेभिरमा सडक कालोपत्र

खबरडबली संवाददाता

म्याग्दी । बेनी नगरपालिका–२ खबरा र हाडेभिरमा सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले बागलुङ–बेनी सडकको अन्तिम खण्डमा पर्ने खबरा र हाडेभिरमा कालोपत्र गरेको हो । 

करिब २० किलोमिटर दूरीको बागलुङ–बेनी सडकको तीन किलोमिटर ८०० मिटर दूरीको भुवाने–हुलाकेबाहेक सबै ठाउँमा कालोपत्र भएको छ । खबरा र हाडेभिरमा सडक कालोपत्र गर्न बिरुवा–सिमरन जेभीले विसं २०७७ साउनमा करसहित रु पाँच करोड ४३ करोड ३७ हजार ५९९ मा ठेक्का सम्झौता गरेको थियो । 

कोरोना कारण र सार्वजनिक खरिद ऐनमा भएको संशोधन अनुसार यही असारसम्म थपिएको थियो । निर्माण कम्पनीका प्रतिनिधि प्रदीप सापकोटाले एक किलोमिटर २०० मिटर सडक कालोपत्र गर्ने काम बिहीबार सकिएको जानकारी दिए  । “भत्किएको नाली सफा र पर्खाल मर्मत तथा ट्राफिक सङ्केत चिह्न राखेर हस्तान्तरण गर्ने तयारीमा छौँ”, उनले भने, “हाडेभिरको पहाड काटेको ठाउँमा ढलान भएको छ ।” कच्ची, साँघुरो र ग्रेड तथा घुम्ती नमिलेको सडकलाई कम्तीमा सात मिटरका दरले कालोपत्रे गरिएको छ । पहिरो रोकथामका लागि पर्खाल र भलबाढी व्यवस्थापन गर्न नाली बनाइएको छ । 

हाडेभिरको पहाड काटेर सडक विस्तार गर्न स्थानीय प्रशासनसँग समन्वय गरी समय तालिका बनाएर यातायात सञ्चालन गरिएको थियो । सदरमुकाम नजिकै भए पनि हाँडेभिर र खबराको सडक बर्खामा हिलाम्मे तथा हिउँदमा धुलाम्मे हुने समस्या थियो । 

कालोपत्र भएपछि सहज र सुरक्षितरुपमा यात्रा गर्न पाएको खबराका बासिन्दा कमल सुवेदीले बताए  । “हिलो र धुलोबाट मुक्ति मिलेको छ”, उनले भने, “भसभसेको पहिरो नियन्त्रण गर्न सकेमा यो सडक दिगो हुने थियो ।” 

ेपूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले निर्माण व्यवसायीले डिबिएसडी प्रविधिको कालोपत्र भएको बताए  । “कामको मूल्याङ्कन, अनुगमन र नापचाँज गरेपछि हस्तान्तरण हुन्छ”, उनले भने, “मौसमले साथ दियो र निर्माण व्यवसायीले निर्माण सामग्री, उपकरण र मजदुर व्यवस्थापन गर्न सकेकाले कालोपत्र गर्न सकियो ।” 

.बागलुङ–बेनी म्याग्दी र मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक सडक हो । यो सडकको विसं २०५२ मा मार्ग खुलेको थियो । बागलुङको रामरेखाबाट दश वर्षअघिदेखि सडक कालोपत्र गर्न थालिएको थियो । ९२ प्रतिशत भौतिक प्रगति भएको भुवाने–खबरा खण्डका निर्माण व्यवसायी दुई वर्षपछि काममा फर्किए पनि यसपालि पूर्णाता नपाउने देखिएको छ । रत्नेचौरदेखि खबरासम्मको सडक कालोपत्रे नसकिँदै लकडाउन (बन्दाबन्दी) भएर विसं २०७६ चैत महिनादेखि रोकिएको थियो । 

रु १३ करोड १५ लाखमा नागार्जुन देव एण्ड सायर बिएन जेभीले ठेक्का लिएको थियो । विसं २०७६ माघमा सातदेखि दश मिटर फराकिलो बनाएर विस्तार भएको सडकमा पहिलो चरणको डिबिएसडी प्रविधिको कालोपत्रे बिछ्याइएको थियो । कोरोना (भाइरस)को महामारी फैलिएपछि सोही सालको चैतमा गर्ने भनिएको दोस्रो चरणको कालोपत्रे हुन सकेन । 

बर्खामा पहिरोले तीन ठाउँमा सडक भासियो । धेरै ठाउँमा नाली पुरिएको र कालोपत्र उप्किएको छ । पहिरो पन्छाउने र मर्मतसँगै दोस्रो चरणको कालोपत्र गर्न उपकरण र निर्माण सामग्री परिचालन भए पनि पूर्णता पाउन केही समय लाग्ने भएको हो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy