वासिङटन । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा समवेदना प्रकट गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार टोकियो जाने भएका छन् ।
पूर्वप्रधानमन्त्री आबेको मृत्युमा जापानी जनताप्रति शोक प्रकट गर्न विदेशमन्त्री ब्लिन्केनले जापानको भ्रमण गर्ने जनाउँदै विदेश मन्त्रालयले त्यहाँ रहँदा उनले जापानका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने बताएको छ ।
संयुक्त राज्य अमेरिका–जापान गठबन्धन एशिया–प्रशान्त क्षेत्रको शान्ति र स्थिरताका निम्ति आधारशिला भएको बताउँदै उक्त क्षेत्रमा अमेरिका–जापान गठबन्धन कहिल्यै सुदृढ हुन नसकेको अमेरिकी विदेश मन्त्रालयले स्वीकार गरेको छ ।
इन्डोनेसियाको बालीमा जी २० का विदेश मन्त्रीहरूको बैठकमा भाग लिएर विदेशमन्त्री ब्लिन्केन थाइल्याण्डतर्फ प्रस्थान गरेका छन् । बाली बैठकको क्रममा उनले खाद्य र ऊर्जा असुरक्षा र युक्रेनविरुद्ध रूसको निरन्तर युद्धले अन्तर्राष्ट्रिय व्यवस्थामा परेको प्रतिकूल प्रभावलगायत विश्वव्यापी चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्ने अमेरिकी प्रतिबद्धतालाई दोहो¥याएका थिए ।
बालीमा जी २० को बैठकमा भागलिनुका अतिरिक्त उनले इन्डोनेसियाका विदेशमन्त्री रेत्नो मार्सुदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । सोही क्रममा उनले जनवादी गणतन्त्र चीनको राज्य परिषद् सदस्य एवम् विदेश मन्त्री वाङ यीसँग पनि भेटवार्ता गरेका थिए । त्यस अवसरमा दुवै देशका विदेशमन्त्रीले विद्वेषपूर्ण अमेरिका–चीन सम्बन्धलाई सुदृढ बनाउने प्रयास गरेका थिए ।
आमने–सामने बसेर गरिने कूटनीतिक वार्ताको विकल्प नरहेको बताउँदै विदेशमन्त्री ब्लिन्केनले आफ्ना चिनियाँ समकक्षीलाई परिणाममुखी एवम् फलदायी वार्ताका निम्ति अमेरिका उत्सुक रहेको जनाएका थिए ।
पछिल्लोपटक विदेशमन्त्री ब्लिन्केन र चिनियाँ विदेशमन्त्री वाङबीच सन् २०२१ को अक्टोबरमा इटालीको रोममा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा पनि अमेरिकाले चीनसँगको सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न सञ्चार सम्पर्क खुला राख्नुपर्नेमा जोड दिएको थियो । उनले अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थालाई कमजोर पार्ने गतिविधि हुननहुने अमेरिकी अभिमत प्रष्ट गरेका थिए ।
थाइल्याण्डमा रहँदा विदेशमन्त्री ब्लिन्केनले प्रधानमन्त्री प्रयुत चान–ओ–चा र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री डोन प्रमुद्विनाइसँग भेट गर्ने कार्यक्रम छ । उनले एशिया–प्रशान्त आर्थिक सहयोग ९एपेक० आयोजक थाइल्याण्डका कार्यसूचीको सफलता तथा अर्को वर्ष एपेक आयोजना गर्ने अमेरिकी निर्णयलाई कार्यान्वयन गर्नेबारेमा छलफल गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
थाइल्याण्डमा स्वास्थ्य, जलवायु सहयोग विस्तार तथा म्यान्माको सङ्कट सम्बोधनलगायत विभिन्न मुद्दाहरूमा सम्बद्ध अधिकारीहरूसँग उनले छलफल गर्नेछन् । अमेरिकी राष्ट्रपतिको एशिया–प्रशान्त रणनीतिलाई अघि बढाउने चाहना र उक्त क्षेत्रको शान्ति, समृद्धि र सुरक्षालाई केन्द्रमा राखेर थाई नेताहरूसँग विदेशमन्त्री ब्लिन्केनले विचारविमर्श गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: