Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

आयुर्वेद औषधालयमा सेवाग्रहीको आकर्षण बढ्दो

खबरडबली संवाददाता

कर्णाली । सुर्खेतस्थित कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कालागाउँमा रहेको प्रदेश आयुर्वेद औषधालयमा सेवाग्रहीको आकर्षण बढ्न थालेको छ । आयुर्वेदिक सेवाले नागरिकको विश्वास जित्न थालेपछि यसमा सेवाग्रहीको आकर्षण बढेको हो । 

औषधालयको विगत तीन वर्षको तथ्याङ्क नियाल्दा आयुर्वेदिक चिकित्सा सेवा लिने सेवाग्रहीको सङ्ख्यामा वृद्धि भएको हो । आर्थिक वर्ष २०७६/७७ मा २८ हजार ३५५ र आव २०७७/७८ मा ३० हजार ५३६ जनाले आयुर्वेद सेवा लिएकामा आव २०७८/७९ मा ४० हजार ८५ जनाले सेवा लिएका औषधालयका प्रमुख डा शङ्करप्रसाद रिजालले  राससलाई बताए । “चालु आवमा १० हजार बढी सेवाग्रहीले यहाँबाट सेवा लिएका छन्,” उहाँले भन्नुभयो, “पछिल्लो समयमा आयुर्वेदिक चिकित्साले धेरैको ध्यान खिचेको छ । यो सकरात्मक पक्ष हो ।” 

प्रमुख डा। रिजालले आर्थिक वर्ष २०७८/७९ मा २२ हजार ७४९ले साधारण उपचार, छ हजार ५०५ले पञ्चकर्म, २५०जनले स्तनपायी आमा सेवा लिएको बताए  । यस्तै सात हजार ४१२ ज्येष्ठ नागरिक र एक हजार ५१८ अन्य बिरामीले निःशुल्क सेवा लिएका थिए । 

त्यस्तै एक हजार ६०१ गाउँघर क्लिनिक, क्षारसुत्र ४८ र कोभिड–१९ का तीन बिरामी गरी प्रदेश औषधालयबाट चालु आवमा कूल ४० हजार ८६ जनाले सेवा लिएका छन् । चौवालिस प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको औषधालयले बहिरङग, प्रयोगशाला, क्षारसुत्र सेवा, पूर्वकर्म÷पञ्चकर्म सेवा, स्तन्यवद्र्धक औषधि वितरण र ज्येष्ठ नागरिक स्वास्थ्य रक्षा तथा प्रवद्र्धन कार्यक्रम पनि गर्दै आएको छ । 

उनका अनुसार स्वस्थ जीवनका लागि दैनिक योग, ध्यान, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम, एक्सरे सेवा, भिडियो एक्सरे, शःशुल्क फार्मेसी सेवा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर र आयुर्वेद जडीबुटीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको थियो। आगामी आवदेखि अकुपञ्चर र फिजियोथेरापी सेवा पनि विस्तार गर्ने योजना रहेको प्रमुख डा रिजालले बताए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending