सुदूरपश्चिम । कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु नौ अर्ब ५८ करोड २६लाख ५० हजार राजश्व सङ्कलन गरेको छ ।
कार्यालयले उपलब्ध गराएको तथ्याङ्कका अनुसार सो अवधिमा रु ११अर्ब ८२ करोड ३९लाख १७ हजार लक्ष्य राखिएको थियो । सङ्कलित यो राजश्व लक्ष्यको झण्डै ८१ प्रतिशत हो ।
कार्यालयका अनुसार भन्सार महशुल तर्फ रु तीन अर्ब ५६करोड ५५लाख ७८ हजार, मुल्य अभिवृद्धि कर तर्फ रु तीन अर्ब ८६ करोड ४०लाख आठ हजार,अन्त शुःल्क तर्फ रु २३ करोड ९९लाख ३६ हजार, र अन्य शीर्षक तर्फ रु एक अर्ब ९१लाख ३१लाख २८हजार राजश्व असुली भएको छ ।
सो अवधिमा कार्यालयले मूल्य अभिवृद्धि कर तर्फ रु तीन अर्ब १०करोड १५लाख ७७ हजार,भन्सार महशुल तर्फ रु पाँच अर्ब २२करोड ४०लाख६३हजार, अन्तशुःल्क तर्फ रु २८करोड ७६लाख ६३१ र अन्य शीर्षक तर्फ रु तीन अर्ब २१करोड छ लाख ४६हजार राजश्व असुली गर्ने लक्ष्य लिएको थियो ।
लिइएको लक्ष्यमा गएको माघ महिनामा सबै भन्दा कम ६९दशमलब ५२ प्रतिशत र सबैभन्दा बढी गएको साउन महिनामा ८९ दशमलब आठ प्रतिशत असुली भएको जनाइएको छ ।
कैलाली भन्सार नाकाबाट मुख्य निर्यात हुने वस्तुमा रोजिन टर्पेनटाइन,खयर कच्छ ,पिना भटमासको तेल,आदी छन् । आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ,मोटर पाट्र्सका साथै चामल, मकै, तोरी ,तरकारी लगाएतका खाद्य सामग्री छन् । यो नाकाबाट निर्यात व्यापार भन्दा आयात व्यापार ठूलो मात्रामा रहेको छ ।
भारतवाट आउने सिमेन्टको आयात परिमाण भने पछिल्ला वर्षमा ह्वात्तै घटेको छ । यस क्षेत्रमा नेपाली सिमेन्टले बजार लिएपछि भारतीय सिमेन्टको आयात परिमाण घटेका स्थानीय व्यापारीले बताएका छन् । सिमेन्टको आयात घटेपनि अन्य वस्तुको आयात घट्न सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: