Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

बाबुरामको नयाँ पार्टीको नाममा ‘माअाेवादी’ नजाेडिने

\"Baburamकाठमाडौं । प्रचण्डले गतवर्ष अध्यक्ष दिने प्रतिवद्धता कार्यान्वयन गर्ने आशामा डाक्टर बाबुराम भट्टराई अब पर्खेर बस्ने अवस्थामा छैनन् । आजको साँघु साप्ताहिकमा खबर छ चर्को दबाबबाट प्रचण्डले अध्यक्ष दिइहाले भने एमाओवादीलाई नै नयाँ नीतिमा ढाल्दै अगाडि जाने बाबुरामको पहिलो प्राथमिकता रहेको स्रोतको दाबी छ । प्रचण्डले आगामी माघसम्ममा विशेष महाधिवेशन गरेर नेतृत्व छाड्ने भने पनि त्यो सम्भावना कम हुँदै गएपछि बाबुराम अब नपर्खने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ । बाबुराम निकट स्रोत भन्छ, यदि त्यसो नभएमा तात्कालीन लक्ष्य र पार्टीको नाममा विरोधाभास हुने शब्द राख्न नहुने उनको विचार छ । ‘समाजवादमा जाने लक्ष्य लिने अनि नयाँ जनवादको गन्ध आउने माओवादी कसरी राख्ने ?’ बाबुरामको भनाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘माओको योगदानलाई समेट्ने तर, पार्टीकै नाममै राख्दा भ्रम हुने भएकोले प्रारम्भमा नै त्यसलाई हटाएर जाँदा नै राम्रो हुन्छ ।’ मध्यम वर्गलाई समेटेर अगाडिको यात्रा तय गर्नुपर्ने बाबुरामलाई लागेको छ । चिन्तनगत रुपमा त्रुटी रहे पनि मोहन वैद्यहरु इमान्दार रहेको बाबुरामलाई लागेको छ । ‘भावनाको कुरा गरेर किरणलाई रोइकराई गर्दै पार्टीमा ल्याएर खाउँला भन्ने दाउ प्रचण्डको छ, उनको राजनीति बचाउँने अन्तिम अस्त्र त्यहीमात्र छ, भ्रष्ट, भद्दा कार्यशैली विचारविहीन प्रचण्डलाई अगाडि लगाएर किरणजी जालान् भन्ने लाग्दैन, त्यहाँभित्रका लोभीपापीलाई प्रचण्डले तान्न सक्छन् । तर, त्यो क्षणिक हो ।’ बाबुरामको भनाई उद्यृत गर्दै स्रोतले भन्यो । पछिल्लो समयमा बाबुरामले संवाद समितिको सभापति पदलाई पनि नयाँ शक्ति निर्माणको बहस गर्ने वैधानिक थलो बनाएका छन् । संविधानका विवादित विषयमा सुझाव लिने नाममा उनले विभिन्न पार्टीमा असन्तुष्ट रहेका, फरक मत राखिरहेका र समाजका सदावहार बागीहरुको समूहलाई सिंहदरबार बोलाएर विचार लिने र आफू निकट बनाउने प्रयास गरिहरको छन् । अहिलेका पार्टीबाट अपेक्षित विद्रोह हुने लक्षण नदेखेपछि बाबुरामले विभिन्न समूहमा रहेका असन्तुष्ट जमातलाई आफ्नो नयाँ शक्तिको आधार बनाउन खोजेको चर्चा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending