Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

एमाओवादीमा प्रचण्ड–भट्टराईबाहेक सबै विपक्षमा

\"maoists_election\"काठमाडौं । प्रमुख विपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराईबाहेक अधिकांश नेता मस्यौदा संविधानको विपक्षमा उभिएका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल मस्यौदा संविधानको विपक्षमा देखिएका हुन्।उनीहरूले ६ वटा प्रदेश सीमांकनको सैद्धान्तिक आधार माग्दै अध्यक्ष दाहाल र भट्टराईलाई दबाब दिइरहेका छन्। ुनवलपरासीदेखि कैलाली(कञ्चनपुर एउटै प्रदेश हुनुपर्थ्‍यो। झापा, मोरङ र सुनसरी कि त छुट्टै प्रदेश हुनुपर्थ्‍यो कि त मधेसमा रहनुपर्थ्‍यो। मस्यौदामा जे ल्याइएको छ, त्यसमा मेरो असहमति छ’, महराले भने, ‘शनिबार राति आठ बजेदेखि १ बजेको बीचमा बदमासी भयो।’ महराका अनुसार कैलाली(कञ्चनपुरमा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र झापा, मोरङ, सुनसरीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्ड र भट्टराईले संघर्ष गर्न सकेनन्। महराले भने, ‘सल्यान, रुकुम, बागलुङ र म्याग्दी मगरातमै राख्‍नुपर्छ।ु महरा, शक्तिबहादुर बस्नेत, रेखा शर्मा, शिवकुमार मण्डल र योगेन्द्र घिसिङले संवाद समितिमा ६ बुँदे फरक मत राखेका छन्। ‘थारू समुदायको सघन बसोबास भएको र भाषिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं आर्थिक सम्बन्ध र भौगोलिक दृष्टिले समेत एकरूपता रहेका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई अलगअलग प्रदेशमा समवेश गर्दा थारू समुदाय तथा थारु पहिचान खण्डित हुने भएकाले दाङदेखि कञ्चनपुरसम्मका पाँचवटै जिल्लालाई भौगोलिक एवं आर्थिक सम्बन्धका दृष्टिले समेत सुगम र सहज हुने एउटै प्रदेशमा समावेश गरी थारू स्वायत्त क्षेत्रका रूपमा व्यवस्था गरिनुपर्छु, महरा नेतृत्वको टोलीले पेस गरेको फरक मतमा भनिएको छ। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् रामजनम चौधरीको नेतृत्वमा एमालेबाहेकका पार्टीका सभासद्ले गठन गरेको थारू संघर्ष समितिका प्रवक्ता एमाओवादी सभासद् अमनलाल मोदीका अनुसार थारुवान प्रदेशलाई क्षतविक्षत बनाइएका कारण आफूहरूले संघर्ष गर्न लागेको बताए। उनले भने, ‘कैलाली, कञ्चनपुर, झापा, मोरङ र सुनसरीलाई पहाडमा मिसाउनु हुँदैन ।’ ुमहरा नेतृत्वको टोलीले राजनीतिक, आर्थिक एवं समग्र मानव विकास सूचकांकका दृष्टिले पछाडि परेका र आफ्नै मौलिक संस्कृतिमा आधारित रहँदै आएका कर्णाली अञ्चलका डोल्पा, जुम्ला, मुगु, हुम्ला र कालिकोटसहित बाजुरा, बझाङ, अछाम र जाजरकोटलाई समेटेर बनेको पिछडिएको क्षेत्रलाई कर्णाली विशेष स्वायत्त क्षेत्रका रूपमा व्यवस्था गरिनुपर्ने माग गरेको छ। ‘सबै तहको व्यवस्थापिका, राज्यका सबै अंग र संवैधानिक निकायमा समानुपातिक प्रतिनिधित्व प्रणालीअन्तर्गत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, किसान, मजदुर, आदिवासी जनजाति, महिला, दलित, मधेसी, थारू, मुस्लिम, अपांगता भएका व्यक्ति, पिछडावर्ग र अल्पसंख्यकको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छु, फरक मतमा भनिएको छ। \'कुनै सैद्धान्तिक आधारबिना कसको दबाबमा ६ वटा प्रदेशको सीमांकन छुट्याइयो, हाम्रो सिंगो पार्टीपंक्ति आश्चर्यमा परेको छ।कसैको दबाबमा नेताहरूले सम्झौता गरेको हामीलाई शंका छ\' पुनले भने, \'नेताबाट पार्टीको अवमूल्यन भयो। हामी पार्टीभित्र र बाहिर विरोध गरिरहन्छौं। परिमार्जनका लागि दबाब दिइरहन्छौं।\' पुनका अनुसार दाहाल र भट्टराई आफ्नै पार्टीका सभासद्बाट लुकेर हिँड्नुपरेको छ। साउन २३ लाई कालो रातको संज्ञा दिँदै पुनले भने, \'कांग्रेस(एमालेको एजेन्डामा सम्झौता गरेर हाम्रा एजेन्डा गुमायौं।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending