Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

संविधान भदौ १५ मा

काठमाडौं । कार्यतालिका बनाउने प्रमुख दलका शिर्ष नेताहरुको ढिलासुस्तीका कारण साउन मसान्तभित्र संविधानसभाबाट संविधान जारी गर्ने उनीहरुको प्रतिबद्धता पूरा नहुने भएको छ। आजकोअन्नपूर्ण पोष्ट दैनिकमा खबर छ संविधानसभाको संवैधानिक(राजनीतिक संवाद तथा सहमति समितिले प्रतिवेदन दिन ढिलो गरेका कारण संविधान जारी गर्ने मिति भदौ १५ पुग्ने निश्चित भएको छ।साउन मसान्त भित्रै संविधान जारीगर्ने उद्देश्यका साथ संवाद समिति, समिति अन्तर्गत गठित विशेष समितिले काम गरेको भएता पनि पूर्व निर्धारित समयभन्दा चार दिन ढिलोगर्दै संविधानसभामा संवाद समितिले प्रतिवेदन पेश गरेकोले साउन मसान्तको सट्टा भदौं १५ मा मात्र नयां संविधान जारी हुने मिति तय गर्न लागिएको हो। संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले आइतबार ६ प्रदेशको सीमांकनसहितको प्रतिवेदन अवरोध र नारावाजीबीच संविधानसभाको बैठकमा पेश गरेपछि देसव्यापी उत्पन्न बिद्रोहलाई समयमै साम्य पार्न नसके संविधान जारी गर्ने मिति भदौं १५ गते पनि अनिश्चित हुन सक्ने देखिएको छ। संविधानसभाका संविधान जारी गर्ने मिति साउन मसान्तको सट्टा भदौ १५ पुगेको हो भन्ने जिज्ञासा मेटाउँदै सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने, ‘संविधान साउन समान्तभित्र नै जारी हुने छ। अझै पनि नियम निलम्वन गरेर साउन मसान्तमै संविधान जारी गर्न सकिन्छ तर त्यसका लागि प्रमुख दलहरुको सक्रियता र सजगताका साथै कार्यान्वयनमा लाग्ने दृढता चाहिन्छ।’ संविधानसभाका अध्यक्ष नेम्वाङको नेतृत्वमा गत १३ गते बसेको चार दलका शीर्ष नेताको बैठकले साउन मसान्त भित्रै संविधान जारी गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो। संवाद समितिका सभापति डा। भट्टराई, मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला समेत सहभागि रहेको सो बैठकमा सभाध्यक्ष नेम्वाङले साउन मसान्त भित्रै संविधान जारी गर्न संविधानका अन्र्तवस्तुमा संवाद समिति र मस्यौदा समितिले बढिमा चार(चार दिनमा मस्यौदा गर्न सकेमात्र संभव हुने बताएका थिए। संवाद समितिले धर्म निरपेक्षता, संवैधानिक अंगका पदाधिकारीहरुको पुर्ननियुक्ति गर्ने की नगर्ने र थ्रेस होल्डका बारेमा पछि टुंगो लाग्नेगरी ल्याएको प्रतिवेदन चार दिन ढिलो भएको थियो। संवादले आफ्नो प्रतिवेदन दिन चार दिन ढिलो गर्नु, सो प्रतिवेदनमाथि संविधासभामा छलफल गर्न दुई दिन ढिलो हुनु, र संविधानसभामा छलफलका लागि दुई दिन लाग्ने हुँदा कूल १० दिन थप भएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending