Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

पाकिस्तान बाढीः १३ सयभन्दा बढीको मृत्यु, अर्बौँ डलरको आर्थिक क्षति

खबरडबली संवाददाता

इस्लामावाद । बितेका दुई महिनामा पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी एक हजार तीन सय १४ जनाको मृत्यु भएको छ भने १२ हजार सात सय तीन जना घाइते भएका छन् । 

तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका छन् । हरेक सात जना पाकिस्तानी नागरिकमा एक जना बाढीपहिराबाट पीडित भएका छन् । बितेका २४ घण्टामा बाढीले बगाउँदा २४ जनाको ज्यान गएको तथा एक सय १५ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए)ले जनाएको छ । 

देशको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । उक्त प्रान्तमा १९ जनाले ज्यान गुमाएका छन् । उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा तीन जनाको मृत्यु भएको तथा पञ्जाव प्रान्तमा एक जनाले प्राण त्यागेका र एक सय सात जना घाइते भएका प्राधिकरणले आइतबार राति जारी गरेको बाढीको अद्यावधिक विवरणमा जनाइएको छ । बलुचिस्तान, गिलगिट र  बाल्टिस्तान पनि बाढीको चपेटमा परेका छन् ।  

खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढीपहिराबाट अति प्रभावित भएका छन् । बाढीपहिराले तीन हजार चार सय ५७ किलोमिटर सडक बगाएको, एक सय ५९ पुल भत्काएको, २० लाख एकड भन्दा बढी क्षेत्रफलमा लगाएको बाली नष्ट भएको, एक सय ९५ पसल बगाएको, नौ लाख ५९ हजार आठ सय ५८ भन्दा बढी घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका छन् । 

हालसम्म ७१ हजार दुई सय ७५ जनालाई उद्धार गरिएको तथा पाँच लाख १३ हजार चार सय ४२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । देशमा आपत्काल घोषणा गरिएको छ । साथै सरकारले बाढीपहिरो प्रतिकार्यसमबन्धी कामलाई संस्थागतरूपमा सम्पादन गर्न समन्वय केन्द्र स्थापना गरेको छ । बाढीले निम्त्याएको भीषण परिस्थितिको सामना गर्न तथा क्षति भएका भौतिक संरचनालाई पुनः स्थापना गर्न भरमग्दुर प्रयास भइरहेको छ । सरकारी एवम् गैरसरकारी संस्थाले उक्त केन्द्रसँगको समन्वयमा राहत तथा उद्धारका काम गरिरहेका छन् । 

बाढीबाट देशको भौतिक संरचनामा अकल्पनीय क्षति भएको छ । बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब ५० करोड डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ । देशका एक सय १८ जिल्ला बाढीको चपेटामा परेसँगै मुलुकको कुल जनसङ्ख्याको करिब ३७ प्रतिशत गरिबीमा धकेलिएको छ ।     

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending