Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

दरबार हत्याकाण्डबारे तारानाथ रानाभाटको सनसनीपूर्ण बयान

\"ranabhat\"काठमाडौं२०५८ सालमा भएको दरबार हत्याकाण्डपछि तत्कालीन प्रधान्यायाधीशको नेतृत्वमा बनेको छानविन समितिमा सभामुख तानाराथ रानाभाट पनि सदस्य थिए । उनै रानाभाटले छानविनपछि प्रतिवेदन पढेका थिए । तर, पढ्दै गर्दा उनलेको प्रस्तुतिलाई लिएर निक्कै टिकाटिप्पणी पनि भएको थियो । संवेदनशील घटनामा हल्काफुल्का टिप्पणी गरिएकोमा रानाभाटप्रति धेरै क्रुद्ध पनि भए । तर, उनी किन त्यसरी उत्तेजित हुन पुगे ? आजको नयाँ पत्रिका दैनिकमा छापिएको खबरमा उनको सनसनीपूर्ण बयान यस्तो छ : ०५८ जेठ १९ पछि सैनिक अस्पताल छाउनीमा प्रतिपक्षी नेता र कानुनका विज्ञसमेत राखेर छलफल भयो । प्रधानन्यायाधीश केशव उपाध्याय हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा दरबार हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउने समिति बनाउने तय भयो । केशवजीले प्रतिनिधिसभाको सभामुख र प्रतिपक्षी दलको नेता राखिने हो भने अध्यक्षता गर्न तयार छु भन्नुभयो । गिरिजाबाबु, म र माधव नेपाल सँगै निस्कियौँ । निस्किँदै गर्दा माधव नेपालले के मलाई पनि समितिमा राख्लान् भन्ने आशंका व्यक्त गर्नुभयो । तर, उहाँलाई समितिमा राख्ने निश्चित थियो, राखियो पनि । तर, माधवजीले त्यसलाई स्विकार्नुभएन । भरतमोहनजीको नाम माधवजीले त्यतिवेला सिफारिस गर्नुभएको थियो । तर, दरबारले यो सिफारिस मानेन । हामीले दरबारको निर्णयका लागि पूरै एक दिन कुरेका थियौँ । अनुसन्धान होइन, मुचुल्का उठाउने दरबार हत्याकाण्डबारे छानबिन गर्न उच्चस्तरीय समिति बन्यो । समितिलाई दिइएको जिम्मेवारीमा विस्तृत विवरण उतार्ने भन्ने थियो । न्याय निरूपण गर्ने र दोषी पत्ता लगाउनेबारे जिम्मेवारीमा केही उल्लेख थिएन । घटनाको प्रकृति विवरण मात्र संकलन गर्न आयोग बनेको थियो । जसमा म र प्रधानन्यायाधीश थियौँ । हामीले काम सुरु गर्‍यौँ । दरबारमा गोली चलेका ठाउँ, रगतका टाटा देखिएका ठाउँलगायतका विवरण संकलन गर्‍यौँ । कपडा, जुत्ता भेटिएका ठाउँबारे पनि लेख्यौँ । दरबारका जीवित सदस्यसँग कुरा गर्‍यौँ । पियन, गार्ड, भान्सेलगायत कर्मचारीसँग पनि कुराकानी गर्‍यौँ । त्यहीअनुसार रिपोर्ट बनायौँ । कुनै दुर्घटनामा प्रहरीले आएर मुचुल्का उठाएजस्तै हामीले दरबार हत्याकाण्डको मुचुल्का उठाएका थियौँ । त्यो मुचुल्का सिलबन्दी गरेर हामीले राजालाई बुझायौँ । उनले त्यो पोको खोल्दै नखोली प्रधानमन्त्रीलाई दिए । सरकारलाई त्यो मुचुल्का अध्ययन गरेर मुद्दा चलाउने–नचलाउने, यथार्थ बाहिर ल्याउने जिम्मेवारी थियो । तर, सरकारको यसमा चासो थियो–थिएन भन्नेतिर मैले कहिल्यै सोचिनँ । रिपोर्ट पढेर भाग्ने हतारो दरबारको स्वीकृतिपछि संसद् सचिवालयका सचिव, सर्वोच्च अदालतका रजिस्ट्रार र न्यायाधीशको सहयोगमा हामीले त्यो मुचुल्काको सारांश तयार पार्‍यौँ । त्यही सारांश मैले दरबार हत्याकाण्डबारे प्रतिवेदनका रूपमा प्रस्तुत गरेको हुँ । मेरो त्यो प्रस्तुतिका विषयमा अनेक टीकाटिप्पणी भए । तर, मैले रिपोर्टमा जे थियो, त्यही पढेको हुँ । पढ्दै गर्दा मलाई अत्यन्तै हतार भइसकेको थियो । छिटो पढिसकेर हामी त्यहाँबाट ‘स्केप’ हुन चाहन्थ्यौँ । रिपोर्टमा भएका शब्द पहिले ख्याल गरिएन, पढ्दै गर्दा त्यहाँका शब्दले मलाई हतार गर्न बाध्य बनाए । यो विषयमा कतैबाट ‘प्रेसर’ थिएन । आफैँमा ‘टेन्सन’ थियो । ‘भटट‘’ मेरो शब्द होइन रिपोर्टमा धेरै ठाउँमा भटट‘ भन्ने शब्द थियो । त्यो मेरो शब्द होइन । रिपोर्टमै लेखिएको थियो । हो, मेरो प्रस्तुति हल्काफुल्का भयो होला, तर मैले जे लेखिएको थियो, त्यही पढेँ । म पनि एउटा मान्छे हुँ । ममा पनि संवेदना छ । ममा पनि भावना छ । त्यो रिपोर्ट पढ्दा पनि ममा त्यही भावना–संवेदनाले काम गरेको थियो । कोही मान्छे खुकुरी वा बन्दुक बोकेर हिँडिरहेको छ भने उसमा उत्तेजना हुनु स्वाभाविक हो । त्यो अव्यक्त पनि हुन सक्छ । म पनि कुनै ढुंगाको मान्छे त होइन नि, लगातार ठडिएर पढिरहन सक्ने । पढ्दै गर्दा मेरो पनि हाउभाउ परिवर्तन भयो होला । बन्दुक बोकेर हिँड्दा कहाँ चरो भेटिन्छ, कसलाई ठोकूँ–ठोकूँ भन्ने हुन सक्छ । यो स्वाभाविक हो । मलाई पनि त्यस्तै उत्तेजना भयो होला । कलम लिएको मान्छे केही लेख्न नपरे पनि खाली कागजमा केरमेर गरिरहेको हुन्छ । हातमा जे वस्तु हुन्छ, त्यहीअनुसार हाउभाउ हुन सक्छ । तर, यस्तो विषयलाई लिएर एउटा बुझेको मान्छेले राजनीतिमा प्रहार गर्दैन । भलाद्मी, विज्ञ, राजनीतिज्ञलाई यस्तो टिप्पणी गर्न सुहाउँदैन पनि । त् यो दिन प्रतिवेदन पढ्दाको सन्दर्भलाई लिएर केही तुच्छहरूले नकारात्मक टिप्पणी गर्छन् भने मैले जवाफ दिनुपर्दैन, मेरो जवाफ हुँदैन । कसैलाई मेरो प्रस्तुति नौलो लाग्यो होला, तर म त्यसलाई अस्वाभाविक मान्दिनँ । कहिलेकाहीँ अत्यन्त पीडा हुँदा मान्छे रुँदैन, हाँस्छ । यस्ता घटनामा मनोविज्ञानका पक्षलाई पनि ख्याल गर्नुपर्छ । जानी–जानी चरित्र हत्या गर्न निस्तेज गराउन, निषेध गर्न यस्ता टिप्पणीलाई हतियार बनाउँछन् भने बनाइराखून् । मलाई कुनै पर्वाह छैन । तर, त्यही रिपोर्ट पढेकै आधारमा मलाई राजनीतिक रूपमा अप्ठ्यारो परेको भन्ने होइन । पार्टीभित्रकै राजनीतिले मलाई अप्ठ्यारोमा पारिएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending