Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

अनलाइन क्यासिनोमा जुवा खेल्छन् नेपाली

काठमाडौं ।  कुनै वेला नेपालमा १० वटा क्यासिनो सञ्चालनमा थिए, अहिले आठवटा बन्द छन् । सञ्चालनमा रहेका दुईवटामा नेपालीलाई प्रवेश निषेध छ । तर, ढुक्कका साथ  क्यासिनोका पारखीलाई विदेशी क्यासिनोले अनलाइन सेवा दिइरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– विदेशी क्यासिनोले नेपालमा एजेन्ट नै राखेर अनलाइनमार्फत जुवा खेलाइरहेका छन् । चार मुलुकका दर्जनभन्दा बढी अनलाइन क्यासिनोले पैसा लिने र दिने गरी नेपालमा एजेन्ट राखेका छन् । नेपालमा सिंगापुर, श्रीलंका, दुबई र भारतको सिक्किमका अनलाइन क्यासिनोका एजेन्ट सक्रिय रहेको यसमा संलग्नहरू बताउँछन् । सबैभन्दा धेरै नेपाली श्रीलंकाको बिबिएम अनलाइन क्यासिनोमा जुवा खेलिरहेका छन् । यसका एजेन्ट पनि तीनजना परिवर्तन भइसकेका छन् । श्रीलंकाकै बालिज कोलम्बो र क्यासिनो मरिनाले पनि नेपालीलाई जुवा खेलाइरहेका छन् । त्यस्तै सिंगापुरको क्यासिनो मिदास, स्लटोक्यास क्यासिनो, सिक्किमको क्यासिनो अनलाइन, स्पोर्टस् बिडिङ, प्लाटिनम प्ले, दुबईको स्पिन प्यालेस क्यासिनो, रुबी फरटुयुन क्यासिनो, रोयल भेगास क्यासिनोमा नेपालीले जुवा खेलिरहेका छन् । सिक्किमको प्लाटिनम प्ले क्यासिनोका नेपाल एजेन्ट सुरज श्रेष्ठले अनलाइनबाट क्यासिनो खेल्ने बढिरहेको बताए । ‘यता नेपालीले क्यासिनोमा प्रवेश पाउँदैनन्, पैसा बोकेर भारत जान–आउन पनि सहज नभएकाले यसका सौखिन अनलाइनतर्फ आकर्षित भएका हुन्,’ उनले भने । नेपालमा अनलाइन क्यासिनोको ५० भन्दा बढी एजेन्ट रहेको श्रीलंकाको बिबिएम क्यासिनोका नेपाल एजेन्टले जानकारी दिए । ‘सबैसँग गरेर खेल्ने पाँच हजारभन्दा बढी नेपाली छन्, ठूलो–ठूलो रकममा पनि खेल हुन्छ,’ उनले जानकारी दिए । क्यासिनो खेल्नेले सुरुमा ‘अनलाइन एकाउन्ट’ खोल्नुपर्छ । खेल्ने रकम खातामा जनाएपछि त्योबराबरको रकम एजेन्टले लिन्छन् । ‘हारे पैसा गइहाल्यो, जिते हामीजस्ता एजेन्टमार्फत क्यासिनोले तिर्छ,’ उनले भने, ‘एजेन्टलाई पनि राम्रै कमिसन आउँछ, त्यसैले भित्रभित्रै एजेन्ट पनि बढिरहेका छन् ।’ एजेन्टले उठाएको रकम हुन्डीमार्फत सम्बन्धित देशको क्यासिनो कम्पनीमा पुग्छ । अनलाइन क्यासिनोमा नेपालीले अमेरिकन रौंलेट्टे, ब्यालज्याक, क्यास, ज्याकपोट, केनो, लोडेड, अनलाइन पोकर, स्लटस, टुर्नामेन्ट्स, योर लक्की डे, जेनी जेब्रा, रुलेट, पाचिन्को, ब्याकारेट, अनलाइन बिंगोलगायतका खेल खेल्ने एजेन्टहरू बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending