Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

पूर्वरजिस्ट्रार लामिछानेले १५ लाख घुस मागेको सनसनीपूर्ण भिडियो संवाद यस्तो छ

\"Lamichane\" काठमाडौं । विशेष अदालतका पूर्वरजिस्ट्रार नातिबाबु लामिछानेले मुद्दा मिलाइदिने भन्दै एक पक्षसँग १५ लाख रुपैयाँसम्म घुस मागेको खुलासा भएको छ । घुसको रकममा बार्गेनिङ गर्दै गरेको भिडियो फेला पारेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । स्रोतका अनुसार रौतहटको एउटा विद्यालयमा भएको अनियमितता सम्वन्धि मुद्दा मिलाइदिने भन्दै लामिछानेले घुस मागेका हुन् । भिडियोमा उनले झन्डै १० मिनेटसम्म कुराकानी गरेका छन् । तीन–तीनजना न्यायाधीशलाई समेत मिलाउनुपर्ने भएकाले पैसा जति पनि लाग्न सक्ने लामिछानेले बताएका छन् । ‘पैसा त जति पनि लाग्न सक्छ, मैले मात्रै लिने होइन, तीन–तीनजना न्यायाधीशसँग पनि कुरा गर्नुपर्छ । तपाईंले खै कुरा बुझेको ?’ उनले भनेका छन् । काम सुरु गर्न एक लाख तत्काल ल्याउन पनि लामिछानेले भनेका छन् । ‘पहिला एक लाख ल्याएर आइहाल्नु । मिलाउँदा ५, १०, १५ लाख जति पनि लाग्नसक्छ,’ उनले भनेका छन् । उक्त रकम बिदाको दिन घरमै वा बाहिर कतै भेटेर दिन उनले भनेका छन् । साथीका तर्फबाट कुरा गरिरहेका मुद्दाका पक्षले भने तीन लाख ५० हजारसम्म दिने बताएका छन् । रजिस्ट्रार लामिछाने तीन महिनाअघि मात्रै दाङको तुलसीपुरस्थित पुनरावेदन अदालतमा सरुवा भइसकेका छन् । तर, उनी अहिलेसम्म त्यहाँ हाजिर भएका छैनन् । तर, लामिछानेले आफूबाट यस्तो काम हुनै नसक्ने दाबी गरेका छन् । ‘घुस माग्ने कुरा कल्पना गर्न पनि सक्दिन , मलाई फसाउन यस्तो गरिएको हो ।’  उनले भने । यस्ताे छ भिडियो संवाद लामिछाने के भएको हो तपाईंको, भन्नुस त ? मुद्दाको पक्ष : साथीको मुद्दा छ सरको अफिसमा । जसरी पनि मिलाइदिनुपर्‍यो । लामिछाने : केको मुद्दा ? मुद्दाको पक्ष : विद्यालयसम्बन्धी हो सर । तीन लाख ५० हजार पेस्की झिकेको काम त भयो, तर अनाहकमा दुस्ख मोल्नुपर्‍यो मेरो साथीले । त्यसैले मिलाइदिनुपर्‍यो । लामिछाने : मान्छे अहिले कहाँ छ त ? मुद्दाको पक्ष : मान्छे गाउँमा नै छ, तर चाहिए म ल्याउन सक्छु । मुद्दा मिलाइदिए तीन लाख ५० हजार दिन पनि तयार छ । लामिछाने : पैसा त जति पनि लाग्न सक्छ । ५ लाख, १० लाख, १५ लाख जति पनि । मुद्दाको पक्ष : किन सर ? लामिछाने : पैसा मैले मात्रै लिने होइन । मैले तीन–तीनजना न्यायाधीशसँग पनि कुरा गर्नुपर्छ । तपाईंले खै कुरा बुझेको ? मुद्दा पक्ष : त्यो त हो सर । लामिछाने : मैले चाँडै नै न्यायाधीशहरूसँग कुराकानी गर्छु । र, मुद्दा टुंग्याइदिन्छु । मुद्दाको पक्ष : सर, मैले मुद्दासम्बन्धी सबै कागजात सरलाई दिउँ है । लामिछाने :  हुन्छ । म त्यो मिलाइहाल्छु । पहिला एक लाख रुपैयाँ लिएर आइहाल्नु । मुद्दाको पक्ष : त्यो त भइहाल्छ नि । मिल्नेबित्तिकै टक्रयाइहाल्छौँ हजुर । लामिछाने : पैसा कहिले आउँछ त ? सकेसम्म बिदाको दिन घरमै अथवा बाहिर कतै भेटौँ न त । मुद्दाको पक्ष  : पहिला मिलाइदिने व्यवस्था गरौँ, पैसा त आइहाल्छ । लामिछाने : मैले सानातिना मान्छे होइन, न्यायाधीशसँगै कुराकानी गर्नुपर्छ । त्यो पनि एकजनासँग होइन्, तीन–तीनजनासँग । छिटै मुद्दाको पेसी तोक्न लगाउँछु र मुद्दा टुंगोमा पुर्‍याइदिन्छु । मैले न्यायाधीशहरूलाई कन्भिन्स गर्नुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending