Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

पाँच वर्षमा ८६६ दिन बन्द

\"banda1\"काठमाडौं । पछिल्ला ५ वर्षमा नेपालका विभिन्न जिल्लामा ८ सय ६६ दिन बन्द भएको छ। आजको नागरिक दैनिकमा खबर छ– नेपाल प्रहरीका अनुसार ५ वर्षमा ४ सय ७ पटक चक्काजाम भएको छ। महत्वपूर्ण राजनीतिक घटनाक्रमअघि र पछि बन्द हडताल र चक्काजाम तीव्र हुने गरेको छ। तराईका जिल्ला र व्यापारिक केन्द्र रहेका जिल्ला सबैभन्दा बढी बन्द हुने गरेका छन्। पछिल्ला केही वर्षको ुट्रेन्डु हेर्दा विभिन्न समूहले आफ्नो माग पूरा गराउन दबाब दिनका लागि बन्द हडताल सबैभन्दा सजिलो हतियार बनाउँदै आएका छन्। राजनीतिशास्त्रका प्राध्यापक लालबाबु यादवले संक्रमणकालीन अवस्थामा बन्द हडताल जस्ता कार्यक्रम बढी हुने बताउँछन्। ुराजनीतिक संक्रमणकालमा यसप्रकारको समस्या आउने गर्दछन्। नेताहरूले जनतालाई राजनीतिक विषयमा डोहोर्याबउँदै लैजानुपर्ने हो। तर नेपालमा संक्रमणकालीन समयमा जनता अघिअघि नेता पछिपछि हुने अवस्था रह्यो। त्यसले समस्या अझै गम्भीर बनाएको छ,ु यादवले नागरिकसँग भने। राजनीतिक ‘कोर्स’ परिवर्तन हुने बेलामा बढी बन्द हडताल हुने सुरक्षा निकायको बुझाइ छ। ुपरिस्थितिजन्य बन्द हुन्छन्। तर राजनीतिक घटनाक्रम निकै तातेको समयमा बन्द हडताल बढी हुने गरेका छन्। परिवर्तनपछिको अवस्था पनि बन्द हडतालले निरन्तरता पाउने गरेको छ,ु नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले भने, ुत्यस्ता बन्द हडताल प्रभावकारी हुन्छन् र प्रहरीलाई पनि त्यस्तै चुनौती थपिन्छ। हामीले सोहीअनुरूप सुरक्षा रणनीति अपनाउने गरेका छौं।ु बन्द आयोजकहरूमा राजनीतिक दल तथा तिनका भ्रातृ संगठन, सशस्त्र समूह, विभिन्न जातीय र क्षेत्रीय समूह, पेसागतरव्यावसायिक संगठन, स्थानीय रहेका छन्। बन्द आह्वान गर्ने दलमा बन्द गर्दैनौं भनेर चुनावी घोषणापत्र सार्वजनिक गर्नेदेखि बन्दले देशको व्यावसायिक वातावरण बिगारेको आरोप लगाउने उद्योगी–व्यापारीको संस्थासमेत छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारले बर्खास्त गरेका प्रधान सेनापतिलाई राष्ट्रपतिले पुनःस्थापना गरेपछि एकीकृत नेकपा माओवादीले गरेको आमहडताल, मधेसी जनअधिकार फोरम नेपालको नेतृत्वमा भएको तराई आन्दोलन र त्यसपछि स्वायत्त मधेस प्रदेश माग्दै मधेसवादी दलहरूले गरेको आन्दोलन, पहिलो संविधानसभा विघटन हुने बेला अखण्ड सुदूर पश्चिमको आन्दोलन, कैलाली र कञ्चनपुरलाई थरुहटमा राख्नुपर्ने माग गर्दै भएको थारू समुदायको आन्दोलनका बेला जनताले निकै लामो समय बन्द सामना गर्नुपर्यो। अन्तरिम संविधान जारी हुनेबित्तिकै मधेसमा बन्दसहितको आन्दोलन भयो। पहिलो संविधानसभा निर्वाचनको ठिकअघि मधेसी मोर्चाले जनसंख्याको अनुपातअनुसार सिटको बाँडफाँट हुनुपर्ने माग गर्दै आन्दोलन गरेको थियो। त्यसपछि तराई क्षेत्रमा सिट संख्या बढाउँदा संविधानसभाको आकार ६ सय १ सदस्यीय बनेको हो। राष्ट्रपति रामवरण यादवले नेपाली सेनाका तत्कालीन प्रधान सेनापति रुकमाङ्गत कटवाललाई पुनःस्थापित गरेको विरोधमा एमाओवादीले सात दिन आमहडताल गरेको थियो। नेपालस्थित संयुक्त राष्ट्रसंघले राखेको तथ्यांकअनुसार त्यतिबेला नेपालका ७५ जिल्लै प्रभावित बनेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending