काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छोइछिङ सहरबाट सीधा हवाई सेवा सञ्चालनका लागि प्रस्ताव गरेका छन् ।
महासचिव पोखरेल नेतृत्वको टोली र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एवं छोइछिङ सहर कमिटीका सचिव युआन जियाजुनसहितका नेताबीच आज छोइछिङ सहरमा भएको भेटवार्तामा उक्त प्रस्ताव गरिएको हो । उक्त सहर विश्वकै बढी जनसङ्ख्या भएको महानगर मानिन्छ ।
महासचिव पोखरेलले अरनिको र भृकुटीबाट जोडिएका दुई देशबीको सम्बन्ध लामो समयदेखि सौहार्द रहेको र एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा भएको चीन भ्रमणबाट अझ प्रगाढ भएको उल्लेख गरे ।
एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा भएको व्यापार तथा पारवाहन सम्झौता नेपालले तेस्रो मुलुकसँगको व्यापारिक मार्गका लागि महत्त्वपूर्ण भएको र सोको प्रभावकारी कार्यान्वयन होस् भन्ने पक्षमा पार्टी रहेको अवगत गराए । महासचिव पोखरेलले चीनको विकासको अनुभव र ज्ञानलाई नेपालको समृद्धिको यात्रामा उपयोगका लागि युवाको अनुभव आदानप्रदान गराउन पनि जोड दिएका थिए ।
भ्रमण दलमा सहभागी एमालेका स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराईका अनुसार नेपालको औद्योगीकरण, पूर्वाधार विकास, कृषि, पर्यटनलगायत क्षेत्र तथा नेपालको आर्थिक विकास र सामाजिक रुपान्तरण खासगरी नेपालको गरिबी निवारणलाई अन्त्य गर्न नेपालले आवश्यकता र अनुकूलताअनुसार चीनको सहयोग लिन सक्ने विश्वास चिनियाँ पक्षबाट प्राप्त भएको छ । नेता डा भट्टराईले उक्त सहर नेपालको हावापानी र भूगोलसँग मिल्दोजुल्दो भएको र नेपाल भ्रमण गरिसकेका चीनको उदाउँदो राष्ट्रिय नेता जियाजुनका तहबाट यस प्रकारको सदीक्षा आउनुले दुई देशका सरकार, जनता र दुई पार्टीबीच आगामी दिन अझ सुमधुर सम्बन्ध विकास हुने विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: