काठमाडौँ । मेलम्ची नदी बाढी प्रभावित सरोकार समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।
विभिन्न समयमा सरकारमा रहेका जिम्मेवारहरूसँग पटक पटक कुराकानी भए पनि हालसम्म माग सम्बोधन नभएकोले समितिले प्रधानमन्त्रीलाई पुनः ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो।
२०७८ सालमा मेलम्चीमा आएको विनाशकारी बाढीले २४ जनाको निधन भएको थियो । यस्तै करिब ४०० घर बगाउनुका साथै तिम्बु बजार, गणेशे बगर र काफ्लेवेशी बढी प्रभावित भएका थिए ।
तर, विस्थापित भएको दुई वर्ष भइसक्दा पनि बाढी प्रभावितहरू घर बनाएर बस्न सकेका छैनन् । यस्तै मेलम्ची भ्याली क्याम्पस, सरस्वती मावि र तेर्से माविका विद्यार्थीले पढ्ने ठाउँ नपाउने अवस्था छ ।
आगामी वर्ष बाँकी बसेका खेतीयोग्य हजारौँ रोपनी जमिन र दर्जन बस्ती बाढीले बगाउने जोखिम देखिएको पनि सरोकार समितिको भनाइ छ ।
मेलम्चीको इन्टेकमा जम्मा भएका ढुङ्गा बालुवाको अव्यवस्थापनले समस्या बढाउने देखिएको ज्ञापन पत्रमा उल्लेख छ ।
सरोकार समितिले तत्काल तिम्बुदेखि मेलम्ची सम्मको खास खास ठाउँमा डोजर लगाएर खोला खार्न बजेटको व्यवस्था गर्न माग गरेको छ ।
यस्तै दीर्घकालीन योजनाअनुसार मेलम्ची बजारदेखि मेलम्ची सुरुङसम्म जाने २० किमी वर्षामा पनि नियमित गाडी चल्ने गरी बाटो बनाउनुपर्ने, निजी तथा सार्वजनिक भवन तथा वस्ति जोगाउन, खेतीयोग्य जग्गा कटान रोक्न भौतिक संरचना निर्माण गर्नुपर्ने सरोकार समितिको माग छ ।
बाढीले बगाएको र जोखिममा परेका ६०० भन्दा बढी विस्थापितहरूको घर पुनर्निर्माण र जग्गा नभएकाहरूका
लागि जग्गाको व्यवस्था गर्न लगायतको माग पनि सरोकार समितिले ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएको छ ।
समितिले भौतिक पूर्वाधार, कृषि मन्त्रीसहित विभिन्न निकायमा पनि सोही ब्यहोराको ज्ञापन पत्र बुझाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: