Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

जनतालाई राहत र उद्धारको आवश्यकता पर्दा सरकार मैदानबाट भाग्यो : शंकर पोखरेल

खबरडबली संवाददाता

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूकम्प पीडित जनतालाई राहत र उद्धार गर्ने बेलामा सरकार मैदानबाट भागेको आरोप लगाएका छन् । 

एमाले जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलालाई शनिवार सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार मैदानबाट भागेपछि नेकपा एमालेले भूकम्प प्रभावित जनताको सेवाका लागि एक हजार स्वयंसेवक खटाएर सहयोग गरिरहेको बताए । 

‘पश्चिम रुकुम र जाजरकोटमा गएको भूकम्पका कारण जनता चिसोले कठ्याङ्ग्रिएर मरिरहेका छन्’ उनले भने, ‘सरकार सुरुका दिनमा हेलिकोप्टरमा सवार त देखियो । जतिबेला जनतालाई राहत र उद्धारको आवश्यकता छ त्यतिबेला सरकार मैदानबाट भागेको अवस्था छ ।’

महासचिव पोखरेलले नेकपा एमालेसँग जनताको स्वयंसेवामा प्रतिस्पर्धा गर्न चुनौती दिँदै उनले जनताको हरेक समस्याको समाधानमा एमाले रहने भन्दै पछिल्लो समय जनतामा फैलिएको निराशा चिन्ताको विषय भएको बताए । उनले केही दिनअघि प्रधानमन्त्रीले राखेको बैठकमा जनतामा बढेको निराशाको कारण सरकार आफैले खोज्नुपर्ने अध्यक्ष ओलीले धारणा राखेको भन्दै सत्ता तर पनि जिम्मेवार बन्न नसकेको बताए । उनले अतिवादमार्फत नेपाली समाजलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताए । 

महासचिव पोखरेलले नयाँ र पुरा दलहरूको निशानामा एमालेलाई पारिएको भन्दै प्रतिपक्षमा रहेको एमालेमाथिको प्रहार किन भनेर प्रश्न गर्दै देशभक्त शक्तिमाथिको प्रहारका रूपमा बुझ्न जरुरी रहेको बताए ।

उनले राष्ट्रनिर्माणको अभियानका लागि मङ्सिर ७ वार्मपमात्रै भएको र त्यसपछि पनि बेथिति, कुशासन र सत्ताका गलत नीति र प्रतिगामी कदमहरु विरुद्ध निरन्तर जारी रहने बताए । यसअघि एमालेको भातृ सङ्गठन युवा सङ्घ नेपालले मङ्सिर ७ मा प्रदर्शन गर्ने भनिए पनि अब यो कार्यक्रमको स्वामित्व एमालेले नै लिएको पुष्टि भएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy