Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

'संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा'

\"congressकाठमाडौं । कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले भदौ मसान्तसम्म संविधान जारी हुन नसके संघीय लोकतान्त्रिक गणतन्त्रमै खतरा हुने भन्दै नेतृत्वलाई सबै पक्षसँग वार्ता गरेर तत्काल संविधान जारी गर्न आग्रह गरेका छन्। अाजकाे अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ मंगलबार संविधानसभा भवनको ल्होत्से हलमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरूले यो संविधानसभाले संविधान जारी गर्न सके मुलुकमा राजतन्त्र समाप्त भएर गणतन्त्र कार्यन्वयन हुने तर संविधान जारी हुन नसके फेरि फर्केर आउने खतरा रहेको धारणा पनि राखेका थिए। ‘अहिलेको दोस्रो संविधानसभाले पनि संविधान जारी गर्न नसके राजनीतिक कोर्स पछाडि फर्कने र त्यसले हटेका राजा पनि फेरि आउन सक्ने खतरा रहेको सबैको धारणा थियो’ बैठकपछि कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले भने, ‘अहिले पूर्वराजाका नजिक रहेका व्यक्तिहरू जनतालाई उत्तेजित पार्ने गरी अघि बढेकाले त्यसलाई सरकारले रणनीतिक हिसाबले टुंग्याउनुपर्ने धारणा आएको छ।’ बैठकमा बोल्ने सदस्यहरूले संविधानसभामा पेस भएको नयाँ संविधानको विधेयकलाई अझै राम्रो बनाउन जरुरी रहेको भन्दै प्रमुख दलहरूबीच सहमति गरेर सयुक्त संशोधान प्रस्ताव पेस गर्न सुझाव दिएका छन्। \'संविधानसभाभित्र र बाहिर उठेका मागलाई सम्बोधन गर्न कांग्रेस उदार र लचिलो हुनुपर्छु, खाँडले भने, ‘चार दलको सहमतिमै ती सबैको माग पूरा हुने गरी तत्काल संशोधान प्रस्ताव दर्ता गरेर आन्दोलन फिर्ता गराउनुपर्ने सुझाव पनि बैठकमा आएको छ।\' बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान बन्न नदिने षड्यन्त्र भएको भन्दै त्यसलाई चिरेर छिटो संविधान जारी गर्नुपर्ने धारणा राखेका थिए। यसअघि नै सहमति भएको सेती र महाकाली एउटा प्रदेश बनाउने र थारू समुदायलाई स्वायत्त प्रदेश दिने भन्ने विषयमा चलखेल गर्ने षड्यन्त्र भएको दाबी देउवाले गरेका थिए। उनले कांग्रेस सभासद् अमरेशकुमार सिंह तथा मधेस केन्द्रित नेताहरू उपेन्द्र यादव र राजेन्द्र महतोले थारूलाई उक्साएर टीकापुर घटना गराएको र जनजातिलगायतका समुदायलाई समेत उक्साउने प्रयास गरेको भन्दै त्यसलाई पार्टीको सबै तहबाट चिर्न जरुरी रहेको बताएका थिए। \'जसरी पनि छिटो संविधान जरी गरेर समस्या समाधान गर्नुपर्ने समग्र बैठकको निष्कर्ष हो\' केन्द्रीय सदस्य प्रदीप पौडेलले भने।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending