दोहोरो गोली हानाहानमा तीन प्रहरी र एक बन्दुकधारीको मृत्यु
भाद्र १७ गते, २०७२ बुधवार 2nd September, 2015 Wed१४:५७:३६ मा प्रकाशित
पाकिस्तान । उत्तरपश्चिमी पाकिस्तानी सहर पेसावर सहरको बाहिरी इलाकामा बुधबार बिहान सबैरे भएको दोहोरो गोली हानाहानमा कम्तीमा तीन प्रहरीको मृत्यु भएको समाचार छ ।
सो गोली हानाहानमा परी अन्य आठ प्रहरी घाइते भएका छन् । वरिष्ठ प्रहरी अधिकारी मिआन सैएदकाअनुसार प्रहरीको दैनिककार्य अन्तरगत घर घरमा गरिने खानतलासीका क्रममा सो झडप भएको हो ।
बन्दुकहधारीको आक्रमणपछि दोहोरो गोली हानाहान भएको जनाइएको छ । सो खानतलासी उमार पयान गाउँमा भएको जनाइएको छ ।
सो गोली हानाहानको क्रममा तीन प्रहरी र एक बन्दुकधारीको मृत्यु भएको सैयदले एएफपी समाचार समिलिलाई बताएका छन् । पेसावरमा तालिवान आतङ्ककारी समूहको उपस्थिति भएको पाइन्छ ।
तर यस आक्रमणमा आतङ्ककारी वा अन्य अपराधिक समूहका कसको हात रहेको छ भन्ने बारेमा भने प्रष्ट भएको छैन ।
आक्रमणकारीहरुले ग्रेनाड र मोर्टास आक्रमण समेत गरेको सैयदले जानकारी दिनु भएको छ । पेसावरका प्रहरी प्रमुख मुबारक जेबले यस झडप र हताहतीको पुष्टि गर्नु भएको छ ।
पेसावर सहरमा यसअघि पनि भीषण आतङ्ककारी आक्रमणहरु भएको पाइन्छ । गत डिसेम्बरमा पनि सैनिकद्धारा सञ्चालित एक विद्यालयमा भएको आक्रमणमा विद्यालयका बालबालिकासहित १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
गत फेब्रुअरीमा तीन सशस्त्र तालिवान आतङ्ककारीले एक मस्जिदमा गरेको आक्रमणमा २१ जना व्यक्तिको मृत्यु भएको थियो ।
अधिकारीका अनुसार पाकिस्तानी सैनिकले आतङ्ककारीका विरुद्ध सुरु गरेको भीषण कारबाहीमा परी करिब ३ हजार आतङ्ककारीको मृत्यु भईसकेको छ । रासस÷एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: