Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सहकारीलाई सित्तैमा जग्गा दान

\"vegetableगोरखा । तरकारी खेतीको पकेट क्षेत्र गोरखाको घ्याल्चोकका स्थानीय किसानले सहकारीलाई १६ आना जग्गा दान गरेका छन् । सामूहिक कृषि सहकारी संस्थाको भवन निर्माण गर्न घ्याल्चोक–९ का किसान श्रीकृष्ण पौडेल, झम्कबहादुर मगर, चन्द्रबहादुर श्रेष्ठ र देवीमाया रेग्मीले चार÷चार आना क्षेत्रफलको जग्गा दान गरेका हुन । तरकारी सङ्कलन गरी बिक्री–वितरणका लागि सहकारीले विभिन्न ठाउँमा सङ्कलन केन्द्र भवन निर्माण गर्ने जनाएको छ । घ्याल्चोक–५ को सामुदायिक भवन, ९ को गाविस भवन र ५ को वडहरे क्षेत्रमा नयाँ भवन निर्माणको प्रक्रिया सुरु गरिसकेको सहकारीका अध्यक्ष भूमि रेग्मीले जानकारी दिए । आठ सय किसानले घ्याल्चोकमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । ‘तरकारी बेचेर वार्षिक १० करोड भित्रिन्छ’ – रेग्मीले भने – ‘तरकारी खेती विस्तारका लागि थप जग्गा खोज्दैछौँ । ’ २० लाख बराबरको जग्गा सहकारीलाई प्राप्त भएको रेग्मीको भनाइ छ । किसानले काँक्रो, गोलभेँडा, फर्सी, घिरौँला, सिमी, आलु, भेडीँलगायत जातका तरकारी खेती गर्दै आएका छन् । तरकारी सङ्कलन केन्द्र भवन नहुँदा समस्या भएको भन्दै किसानले आर्थिक सहयोग सङ्कलन गरेर छिट्टै भवन निर्माण गर्ने जनाएका छन् । सिँचाइको सुविधा र यातायातको सहज पहुँच नहुँदा यहाँका किसानले बारीमा उत्पादन भएको तरकारी आधा घन्टा बोकेर पृथ्वीराजमार्ग छेउको बजार झार्नुपर्ने बाध्यता छ । उत्पादन भएको तरकारी काठमाडौँ, चितवन, पोखरालगायत सहरमा बिक्री गरिन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy