Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

असन्तुष्टि समेट्न संशोधनको सहमति

काठमाडाैं । सात प्रदेशको सीमांकनका विपक्षमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने गरी संविधानको विधेयक संशोधनका लागि अर्को समझदारी गर्न प्रमुख चार दलका नेताहरू सहमत भएका छन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छप्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेताहरूको बैठक विवादित विषयलाई सम्भव हुनेसम्म सम्बोधन गर्न अर्को समझदारी र त्यसका आधारमा संविधानको विधेयकमा संशोधन गर्न सहमत भएका हुन्। आन्दोलनकारी शक्तिहरूसँग वार्ता गरेर शनिबारसम्म निष्कर्षमा पुग्ने सहमति नेताहरूले गरेका छन्।
थारू, मधेसी र जनजाति समुदायले उठाएका मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा टोली बनाएर बुँदागत रूपमा केलाउन जिम्मेवारी दिने निष्कर्षमा नेताहरू पुगेका छन्। स्रोतका अनुसार बैठकको समापनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने, \'बुँदागत रूपमा विषयलाई छुट्ट्याऊँ र ठोस प्रस्ताव तयार गर्न जिम्मा दिऊँ।\' फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले बैठकमा सरकारले वार्ताको वातावरण नै नबनाएको आरोप लगाए।
\'सरकारले वार्ताको वातावरण बनाउनु पर्‍यो नि, वातावरण नै नबनाई कसरी वार्ता हुन्छ ? \' गच्छदारले भनेका थिए । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दंगाग्रस्त क्षेत्र घोषणा गरिएका तराई मधेसका कतिपय जिल्लाको अवस्था सामान्यीकरण हुँदै गएको स्मरण गराउँदै ती जिल्लामा परिचालन गरिएको सेना फिर्ता गर्न प्रस्ताव राखेका थिए।
\'कतिपय ठाउँबाट सुरक्षा परिचालन फिर्ता गरेर वार्ताका लागि आह्वान गरौं\', नेता नेपालको भनाइ उद्धृत गर्दै एक नेताले अन्नपूर्णसँग भने। कैलाली र पर्साका कतिपय स्थानलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी सरकारले सेना परिचालन गरेको छ। आन्दोलनकारीले वार्ताका लागि सेना परिचालन फिर्ता गर्नुपर्ने, धरपकड बन्द गर्नुपर्ने, पक्राउ गरिएकाहरूलाई रिहा गर्नुपर्ने र जलाइएका घरको क्षतिपूर्ति दिनुपर्ने पूर्वसर्त राखेका छन्।
\'आन्दोलनकारीका माग सम्बोधन गर्ने गरी संशोधन हाल्ने विषयमा गम्भीर छलफल भएको छ। शनिबारसम्म संशोधन ल्याएर छोटो अवधिमा संविधान जारी गर्ने प्रयत्‍न छ। आन्दोलनकारी शक्तिहरूलाई वार्ता गरेर सहमतिमा ल्याउने प्रयत्नमा छौं।\' डा. बाबुराम भट्टराई, विशेष समिति संयोजकले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending