Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

गोविन्द केसीसँग झुक्दै सरकार

\"Dr.-Govinda-KC\"काठमाडौं । चिकित्साशिक्षा र सेवामा दीर्घकालीन सुधार गर्न १२ दिनदेखि अनशन बसिरहेका प्राध्यापक डा. गोविन्द केसीका मागप्रति लचिलो देखिँदै सरकारले शुक्रबार मध्यरातसम्म गरेको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ यही स्पिरिटमा वार्ता अघि बढे शनिबार नै डा. केसीले सरकारसँग सहमति गर्दै अनशन तोड्ने सम्भावना बलियो बनेको छ। शुक्रबार मध्यरातसम्म सरकारी प्रतिनिधिका रूपमा डा. केसी समर्थक चिकित्सकहरूसँग वार्ता गरेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख डा. गोविन्दराज पोखरेलले माथेमा प्रतिवेदनका महत्वपूर्ण सुझाव कार्यान्वयन गर्न समझदारी गरेका छन् । तर डा. केसीसँग यसअघि भएका आठबुँदे सम्झौता कार्यान्वयनका पक्षमा छलफल हुन बाँकी रहेको र यसबारे शनिबार निर्णयमा पुग्न सकिने डा. केसी समर्थक चिकित्सकले जानकारी दिए। ‘सरकारले केही सकारात्मक कुरा गरेको छु, शुक्रबार मध्यरात डा. केसीले भने, ‘यद्यपि सरकारले गरेको यो पहल प्रारम्भिकमात्र हो, मेरो माग ठोस रूपमा सम्बोधन नभएसम्म आन्दोलन छाड्दिनँ।’ शुक्रबार राति करिब पाँच घन्टा वार्तामा बसेका केसी समर्थक एक चिकित्सकका अनुसार सरकार माथेमा प्रतिवेदनका महत्वपूर्ण सुझाव कार्यान्वयन गर्न सहमत भएको र डा. केसीसँग गरिएका अन्य सम्झौताबारे विस्तृत रूपमा छलफल गर्न शनिबार फेरि वार्ता गर्ने टुंगोमा पुगेको छ। माथेमा प्रतिवेदनको सुझाव र डा. केसीसँग गरेको सम्झौताविपरीत काठमाडौं उपत्यकामा सञ्चालनमा आउन खोजिरहेका मेडिकल कलेजलाई सम्बन्धन दिन बाटो खुलाइदिएको सरकारले उनलाई मनाउन पछिल्लो दुई दिनदेखि लगातार प्रयास गरिरहेको छ। केसीका तर्फबाट वार्तामा डा. वाइपी सिंह, शिक्षण अस्पताल, प्राध्यापक संघका प्रतिनिधि चिकित्सक, आवासीय चिकित्सक सहभागी छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending