Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

माओवादी नेतृत्वकाे काँधमा आएका भुल्नै नहुने जिम्बेवारी भुलेकै हाे त ?

दशकदेखि निरन्तर सत्तामा रहेपनि खुम्चँदै माओवादी

खबरडबली संवाददाता

एक दशक देखि निरन्तर सत्तामा रहेको नेकपा माओवादी केन्द्र प्रतिपक्षी राजनीतितिर धकेलिएको छ । लामो समय सरकार चलाउने अवसर पाए पनि पार्टी भने दिन प्रतिदिन खुम्चिंदो छ । हरेक निर्वाचनमा माओवादीले पाउने जनमत घटीरहेको छ ।  पछिल्ला दुईवटा निर्वाचनको जनमतलाई हेर्दा कांग्रेस–एमाले र माओवादी मध्य सबैभन्दा धेरै मतको क्षति माओवादीको भएको छ ।

एक दशकदेखि निरन्तर सरकारमा रहेर जनताको काम गर्ने अवसर पाएको माओवादी जति लामो समय सरकारमा बस्छ उति जनताबाट टाढा हुँदै गएको पछिल्ला मतपरिणामले देखाएको छ । सामान्यतः सरकार भनेको पार्टीको नीति तथा कार्यक्रम लागु गर्ने ठाउँ हो । तर, माओवादी जती सरकारमा बस्यो उती आम नागरिकसँग दुरी बढयो । युद्धभूमीबाट फर्किएको माओवादीले पछिल्लो समय आफ्नो साख गुमाउँदै गएको छ । 

ठूलो युद्धको नेतृत्व गरेर सत्ता राजनीतिमा आउनेक्रममा माओवादी नेतृत्वको काँधमा केही भुल्नै नहुने दायित्व पनि थिए । तर यसमा पनि उल्लेख्य प्रगति भएन । माओवादीका काँधमा आएको आफ्नो जिम्बेवारी पुरा गर्न नसकेकै कारण पनि हरेक समय माओवादी खुम्चँदै गएको अनुभुती गर्न सकिन्छ । क्रान्तिकारी ब्रान्ड बोकेको पार्टीले आफ्नै युद्धका शहीद, बेपत्ता परिवार र घाइते–अपाङ्गहरूको जीवनमा सामान्य सुधार ल्याउन पनि सकेन ।
माओवादीका प्रतिबद्ध कार्यकर्ताले प्रश्न गर्छन्, आखिर सत्तामा गएर पार्टीले के पायो ? केही मुठ्ठीभरले बाहेक न कार्यकर्ता व्यवस्थापन भयो, न घाइतेलाई उपचार, न संक्रमणकालीन न्यायमा प्रगति ।

जनताले होइन, निरन्तर सत्तामा बसेको पार्टीसँग आफ्नै कार्यकर्ता आक्रोशित हुने अवस्था कसरी विकास भयो ? सामान्य उत्तर हुन्छ– माओवादीको लाभ केवल केही नेताले मात्र लिए । निरन्तर सरकारमा बसिरहने मूल्यमा माओवादीले संगठन र शक्ति दुवै गुमाउँदै गयो । त्यसैले होला पछिल्लो समय माओवादीभित्र दोस्रो र तेस्रो पुस्तामा एउटा मत बलियो हुँदै गएको छ– आगामी चुनावसम्म पार्टीलाई प्रतिपक्षमा राख्दा संगठन बलियो बन्छ ।

माओवादी पंक्तिभित्र निरन्तर सत्तामा बसेर माओवादीले के पायो होइन, के गुमायो भन्ने हिसाब हुन थालेको छ । हरेक निर्वाचनले माओवादीलाई खुम्चिएको प्रमाणपत्र दिइरहेको बेला यो अस्वाभाविक पनि होइन । 

पेरुका नेता गोञ्जालो र नेपालका माओवादीले संसारमै माओवादी शक्तिका रूपमा परिचय बनाएका थिए । तर यो परिचय लामो समय टिक्न नसक्दा कार्याकर्ता र माओवादी भनेपछि मरीमेट्ने जनसाधरणको टाउको दुखाईको विषय बन्न पुगेको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुट्टा गुमे, आत्मबल होइन : डोको बुनेर सम्मानका साथ बाँचिरहेका पौडेल र श्रेष्ठ

धनकुटा । जीवनले धेरै परीक्षा लिन्छ, तर सबैले त्यसलाई एउटै तरिकाले सामना गर्दैनन्। धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका ७५ वर्षीय दलबहादुर पौडेल ...

तीन दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू हुँदै

काठमाडौं । राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रणाली स्तरोन्नतिका लागि केही दिन राहदानी सेवा अस्थायी रूपम...

५५–३० को प्रस्तावले बढायो राजीनामा, सुविधा जोगाउन कर्मचारीको हतार

काठमाडौं । संघीय निजामती सेवा विधेयकमार्फत ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाशको व्यवस्था लागू हुने चर्चा चल्न थालेपछि निजामती कर...

वैशाखदेखि विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

काठमाडौं । यस वर्ष सुरु भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्...

अर्जेन्टिना संघर्षपूर्ण जितसहित अन्तिम १६ मा, मेस्सीले बनाए नयाँ कीर्तिमान

एजेन्सी । साविक विजेता अर्जेन्टिनाले डेब्यु टोली केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेक...

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम । गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर गाउँको हावा नै आँपको सुगन्धले भरिन थाल्छ । हरियालीले ढाकिएका बगैँचामा लट...

मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा...

संवाद नगरी निर्वाचन आयोगमा नियुक्ति अघि बढाइयो, प्रधानमन्त्रीको शैलीप्रति आङ्देम्बेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्त नियुक्...

एमाले-नेकपा एकता : सम्भावना कि सपना ?

एकता चर्चामा ओली–प्रचण्डबीच विश्वासको संकट कायमै

१०० स्थानमा बर्डफ्लु, मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई आवश्यक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending