Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

माओवादी नेतृत्वकाे काँधमा आएका भुल्नै नहुने जिम्बेवारी भुलेकै हाे त ?

दशकदेखि निरन्तर सत्तामा रहेपनि खुम्चँदै माओवादी

खबरडबली संवाददाता

एक दशक देखि निरन्तर सत्तामा रहेको नेकपा माओवादी केन्द्र प्रतिपक्षी राजनीतितिर धकेलिएको छ । लामो समय सरकार चलाउने अवसर पाए पनि पार्टी भने दिन प्रतिदिन खुम्चिंदो छ । हरेक निर्वाचनमा माओवादीले पाउने जनमत घटीरहेको छ ।  पछिल्ला दुईवटा निर्वाचनको जनमतलाई हेर्दा कांग्रेस–एमाले र माओवादी मध्य सबैभन्दा धेरै मतको क्षति माओवादीको भएको छ ।

एक दशकदेखि निरन्तर सरकारमा रहेर जनताको काम गर्ने अवसर पाएको माओवादी जति लामो समय सरकारमा बस्छ उति जनताबाट टाढा हुँदै गएको पछिल्ला मतपरिणामले देखाएको छ । सामान्यतः सरकार भनेको पार्टीको नीति तथा कार्यक्रम लागु गर्ने ठाउँ हो । तर, माओवादी जती सरकारमा बस्यो उती आम नागरिकसँग दुरी बढयो । युद्धभूमीबाट फर्किएको माओवादीले पछिल्लो समय आफ्नो साख गुमाउँदै गएको छ । 

ठूलो युद्धको नेतृत्व गरेर सत्ता राजनीतिमा आउनेक्रममा माओवादी नेतृत्वको काँधमा केही भुल्नै नहुने दायित्व पनि थिए । तर यसमा पनि उल्लेख्य प्रगति भएन । माओवादीका काँधमा आएको आफ्नो जिम्बेवारी पुरा गर्न नसकेकै कारण पनि हरेक समय माओवादी खुम्चँदै गएको अनुभुती गर्न सकिन्छ । क्रान्तिकारी ब्रान्ड बोकेको पार्टीले आफ्नै युद्धका शहीद, बेपत्ता परिवार र घाइते–अपाङ्गहरूको जीवनमा सामान्य सुधार ल्याउन पनि सकेन ।
माओवादीका प्रतिबद्ध कार्यकर्ताले प्रश्न गर्छन्, आखिर सत्तामा गएर पार्टीले के पायो ? केही मुठ्ठीभरले बाहेक न कार्यकर्ता व्यवस्थापन भयो, न घाइतेलाई उपचार, न संक्रमणकालीन न्यायमा प्रगति ।

जनताले होइन, निरन्तर सत्तामा बसेको पार्टीसँग आफ्नै कार्यकर्ता आक्रोशित हुने अवस्था कसरी विकास भयो ? सामान्य उत्तर हुन्छ– माओवादीको लाभ केवल केही नेताले मात्र लिए । निरन्तर सरकारमा बसिरहने मूल्यमा माओवादीले संगठन र शक्ति दुवै गुमाउँदै गयो । त्यसैले होला पछिल्लो समय माओवादीभित्र दोस्रो र तेस्रो पुस्तामा एउटा मत बलियो हुँदै गएको छ– आगामी चुनावसम्म पार्टीलाई प्रतिपक्षमा राख्दा संगठन बलियो बन्छ ।

माओवादी पंक्तिभित्र निरन्तर सत्तामा बसेर माओवादीले के पायो होइन, के गुमायो भन्ने हिसाब हुन थालेको छ । हरेक निर्वाचनले माओवादीलाई खुम्चिएको प्रमाणपत्र दिइरहेको बेला यो अस्वाभाविक पनि होइन । 

पेरुका नेता गोञ्जालो र नेपालका माओवादीले संसारमै माओवादी शक्तिका रूपमा परिचय बनाएका थिए । तर यो परिचय लामो समय टिक्न नसक्दा कार्याकर्ता र माओवादी भनेपछि मरीमेट्ने जनसाधरणको टाउको दुखाईको विषय बन्न पुगेको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending