Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

सुर्खेत कारागारमा सुरक्षा चुनौती

\"11992247_861883423900030_934764331_n\"सुर्खेत । अहिले सुर्खेतमा कारागारका कैदीबन्दीहरु आन्दोलनमा उत्रिएका छन् । नयाँ बन्ने संविधानमा आममाफीको व्यवस्था गरिनुपर्ने भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । आन्दोलनमा उत्रिएका उनीहरुले बेलाबेलामा चर्का नारा लगाउँछन । अहिले उनीहरु रिले अनसनमा बसेका छन् । आफ्ना मागहरु पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् । क्षमताभन्दा धेरै कैदीबन्दी भएको जीर्ण कारागारामा आन्दोलन भएपछि सुरक्षा चुनौती थपिएको छ । सुर्खेत कारागारको क्षमता २५ जनाको हो । यो कारागारमा अहिले एक सय ६४ जना कैदीबन्दी छन । जसमा २२ जना महिला, एक जना नावालिका र अन्य पुरुष रहेका छन् । क्षमता भन्दा पनि दशौं गुणा बढी कैदीवन्दी हुँदा पनि कारागारको सुरक्षामा चुनौति देखिएको छ । कैदीबन्दी क्षमताभन्दा धेरै हुँदा उनीहरुलाई पनि समस्या भएको छ तर त्यो भन्दा बढी सुरक्षा चुनौती रहेको छ । यस अघी पनि यही कारातारबाट सुरुङ खनेर कैदीबन्दी भागेका थिए जसको कारण जीर्ण कारागार थियो । समयमै कारागार भवन निर्माण गर्न नसक्दा जिल्ला कारागार सुर्खेतमा समस्या भएको छ । २५ जनाको क्षमता भए पनि १ सय ६४ जना कैदी/बन्दी हुँदा अहिले समस्या भएको छ । क्षमताभन्दा बढी कैदीरबन्दीहरू हुँदा कारागार व्यवस्थापनमा निकै समस्या आएको छ । कारागार प्रशासनले भवनको अभावका कारण निक्कै समस्या उत्पन्न भएको जनाएको छ । सुरक्षामा खटिएका प्रहरीहरुलाई पनि गलितो आवास नहुँदा समस्या हुने गरेको उनीहरुको गुनासो छ । विषेश गरी अहिले कारागारभित्र आन्दोलन चलिरहेकोले सुरक्षामा चुनौती देखिएको बताइएको छ । कारागारको सुरक्षाका लागि खटिएका प्रहरी हवल्दार खेमराज बिष्टले जीर्ण कारागारमा आन्दोलन चल्दा सुरक्षामा चुनौती थपिएको बताए । ‘‘ नयाँ कारागार भवन बनेको छैन,’ उनले भने–‘यो जीर्ण कारागारभित्र अहिले आन्दोलन भइरहेको छ, सुरक्षामा चुनौती छ ।’’ यस्तै उनले सुरक्षाकर्मीलाई बस्ने राम्रो आवास पनि नभएको बताए । सुर्खेतको कारागारमा कैदीबन्दी धेरै हुन थालेपछि  नयाँ भवन निर्माण गर्न थालिएको थियो तर उक्त भवन अहिलेसम्म पनि निर्माण हुन नसक्दा समस्याको समाधान हुन सकेको छैन । सरकारले कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने अवधारणा ल्याएपश्चात नेपालका धेरै जिल्लामा कारागार भवन निर्माणको काम थालनी गरिएको थियो । त्यसैअनुसार वि.स. २०६६ सालमा काठमाडौँमा रहेको जेबी कन्स्ट्रक्सन कम्पनीले सोही वर्षको चैतसम्म भवन निर्माणको काम सक्ने गरी यो कारागारको ठेक्का लिएको थियो । तर, अहिलेसम्म पनि कम्पनीको मनपरी चलिरहेको छ । डिभिजन कार्यालयले पनि कडाइका साथ काम गराउन नसक्दा र कामको अनुगमन तथा मूल्याङकन नगर्दा अहिले समस्या उत्पन्न भएको छ । अहिले निर्माण कम्पनीले काम छोडिसकेको छ । कारागारको निवर्माणाधिन भवनको करिब सबै काम सकिएको छ । तर फिनिसिङ नगरेरै ठेकेदार काम छोडेर गएको कारागार प्रशासनले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending