शरणार्थी प्रवेशमा नियन्त्रण प्रयासस्वरुप विदेशी पत्रिकामा विज्ञापन अभियान
भाद्र २३ गते, २०७२ मगलवार 8th September, 2015 Tue११:३१:३० मा प्रकाशित
डेनमार्क । डेनमार्क सरकारले सोमबार आफ्नो राष्ट्रमा प्रवेश गर्ने शरणार्थीलाई डेनमार्क प्रवेशमा निरुत्साहित पार्न विदेशी पत्रपत्रिकामा विज्ञापन अभियान सुरु गर्ने बताएको छ ।
डेनमार्कको अध्यागमन सेवाका अनुसार आप्रवासी प्रवेशलाई निरुत्साहित पार्ने प्रयासस्वरुप पहिलो दिन सोमबार लेवनानका चारवटा पत्रिकामा डेनमार्कमा हालै घटाइएका कल्याणकारी सेवा तथा शर्तका बारेमा सूचना छापिएको थियो ।
डेनमार्कले केही क्षेत्रमा शरणार्थी प्रवेशमा कडाई गर्ने निर्णय गरेको भन्ने पत्रिकामा सूचना प्रकाशित गर्दै डेनमार्क प्रवेशका लागि विभिन्न सात मापदण्ड पूरा गर्नुपर्ने जनाएको हो ।
प्रवेशको पहिलो वर्षमा पारिवारिक पुनःमिलनका लागी भन्दै क्याप छोड्न नपाइने, आप्रवास अस्वीकृत भएका शरणार्थी तुरुन्त स्वदेश फिर्ता जानुपर्ने तथा केही सामाजिक सेवा तथा सुविधामा कटौती गरिने लगायतका कुरा सूचनामा प्रकाशित गरिएको छ ।
स्थानीय भाषाको आवश्यक मापदण्ड पूरा हुनुपर्ने तथा कुनै पनि शरणार्थीलाई स्थायी बसोबास अनुमति बढीमा पाँच वर्षसम्ममा दिइनेलगायतका बुँदाहरु प्रवेशका लागि पूर्वसर्तका रुपमा अनिवार्य हुने सरकारले जनाएको छ । रासस÷सिन्ह्वा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: