Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

हजारौं आप्रवासीको युरोपतर्फ ओइरो जारी

\"Syrian-migrants-600\"जर्मनी/बीबीसी । आप्रवासीहरुको बढ्दो संख्यालाई थेग्न युरोपेली संघ संघर्ष रहेका बेला थप हजारौं आप्रवासीहरु पश्चिमी र उत्तरी युरोपतर्फ जाने क्रम जारी छ । अधिकारीहरुले ग्रीसको लेजबोस टापुमा खासगरी टर्की हुँदै गइरहेका आप्रवासीहरुको प्रक्रिया मिलाउने कार्यमा तीव्रता दिईरहेका छन् ।   शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायको सहायतामा आप्रवासीका लागि ग्रीसस्थित दर्ता डेस्कहरुमा चौबिसै घण्टा कर्मचारीहरु खटाइनेछन । त्यस्तै सिरियाबाट गइरहेका हजारौं आप्रवासीहरुलाई ग्रीसको मुख्य भूभागमा ओसार्न थप पानी जहाजहरु भाडामा परिचालित गरिँदैछन ।   फ्राँन्स र जर्मनीले युरोपेली संघका सबै देशहरुका निम्ति शरणार्थीको कोटा निर्धारण गर्न आग्रह गरेका बेला चेक रिपब्लिक, स्लोभाकिया र रोमानियाले त्यस्ता कुनै पनि अनिवार्य प्रणाली नमान्ने घोषणा गरेका छन् । चेक रिपब्लिक र स्लोभाकियाका प्रधामन्त्रीहरुले स्वेच्छिक रुपमा मात्र शरणार्थी संकट समाधानमा सघाउने जनाएका छन् ।   \"Migrantरोमानियाका राष्ट्रपति क्लाउस योहानीसले भने– ‘हामीले उत्तेजनात्मक प्रतिक्रिया दिनुहुँदैन, युरोपेली संघका अरु सदस्य राष्ट्रसँग ऐक्यबद्धता जनाउनुपर्छ, तर म अनिवार्य कोटा प्रणालीलाई समस्या समाधानको रुपमा देख्दिन्न ।’   आप्रवासीहरुसँग सम्बन्धित विषयलाई लिएर हंगेरीका रक्षामन्त्रीले राजीनामा दिएका छन् । देशको सीमानामा मानिसहरुलाई रोक्न लगाइनुपर्ने पर्खाल निर्माणमा भएको ढिलाईसँग उनको राजीनामा प्रकरण जोडिएको समाचारहरुमा जनाइएको छ ।   \"Budapest\"सर्बियासँगको हंगेरीको सीमानामा चार मिटर अग्लो पर्खाल गत महिना बनाइसक्नुपर्ने थियो । सर्बियासँग जोडिएको हंगेरीको सीमामा सुरक्षा घेरा तोड्दै पुनस् हजारौं आप्रवासीहरु राजधानी बुडापेस्टतर्फ जान थालेका छन् ।   यसअघि युरोपेली संघको नीति अनुसार पहिला नाम दर्ता गरिनुपर्ने भन्दै हंगेरीले उत्तरतर्फ जान खोज्नेहरुलाई रोकेको थियो । तर बुडापेस्टतर्फ जान खोज्ने हजारौं आप्रवासीहरुलाई रोक्न नसकेपछि उसले शुक्रबार उक्त नियम हटाएको थियो ।   जर्मन चान्सलर एंगेला मर्केलले जर्मनी गइरहेका आप्रवासीहरुका कारण आउँदा वर्षहरुमा मुलुक परिवर्तित हुने चेतावनी दिएकी थिइन । जर्मनी र अन्य मुलुकहरुमा शरण लिन पुग्ने आप्रवासीहरुका निम्ति हंगेरी अहिले प्रमुखस्थल बनेको छ । यसै सप्ताहन्तमा करिब २० हजार आप्रवासीहरु हंगेरीबाट अष्ट्रिया र जर्मनी पुगेका छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies