NTC Banar
Khabar Dabali ११ चैत्र २०७९ शनिबार | 25th March, 2023 Sat

स्याङ्जामा एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक

touristवालिङ । गत आव २०७१÷७२ मा स्याङ्जामा एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण तथा अवलोकन गरेका छन् । जिल्ला पर्यटन विकास समिति स्याङ्जाका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठका अनुसार जिल्लाका विभिन्न भागमा आन्तरिक तथा धार्मिक गरी एक लाख पर्यटक र दुई हजार ५०० बाह्य पर्यटक भित्रिएका हुन् । ‘जिल्लाको पर्यटन विकासका लागि पाँच वर्षे गुरुयोजनासहित अगाडि बढेका छौँ’ जिल्ला पर्यटन विकास समिति स्याङ्जाका उपाध्यक्ष श्रेष्ठले भने –‘गत आर्थिक वर्षमा पनि जिल्लाको पर्यटन विकासको पूर्वाधार निर्माणका लागि रु तीन करोड रकम भित्रिएको र चालु आवमा पनि रु तीन करोड भित्रिएको छ ।’ देशकै पहिलो पर्यटकीय गाउँ सिरुवारी पनि स्याङ्जामै भएको बताउँदै श्रेष्ठले पछिल्लो समयमा जिल्लामा पर्यटकीय तथा होमस्टे गाउँ एक दर्जनभन्दा बढी भएको दाबी गरे । उपाध्यक्ष श्रेष्ठले होमस्टेको राजधानीका रुपमा स्याङ्जालाई अगाडि बढाउने योजनामा जिल्ला पर्यटन विकास समिति भएको दाबी गरे । जिल्ला पर्यटन विकास समितिले जिल्लामा विधागत रुपमा पर्यटन क्षेत्र निर्धारण गरेको छ । होमस्टे गाउँ, धार्मिक एवम् ऐतिहासिक क्षेत्र, जैविक विविधताका क्षेत्र, प्याराग्लाइडिङ, ¥याफ्टिङ, ट्रेकिङ रुट तथा फिल्मी पर्यटकीय क्षेत्रहरु रहेका छन् । नेपालकै पहिलो पर्यटकीय गाउँ सिरुवारी, सिर्सेकोटको घुरुङ्खा, जगतभञ्ज्याङको पित्लेक, सतौँको खर्सुलेक, एलादीको खाल्टे गाउँलगायतलाई होमस्टे गाउँका रुपमा विकास गरिएको छ । त्यस्तैगरी, धार्मिक एवम् ऐतिहासिक क्षेत्रका रुपमा सतीदेवीको अङ्ग पतन भएको स्थान छायाँक्षेत्र मन्दिर, छाङ्छाङ्दी, आलमदेवी, अकला, नुवाकोट, कालाभैरव मन्दिर, गह्रौँसुरलगायत छन् । जैविक विविधताका लागि ख्याति कमाएका पञ्चासे क्षेत्र र आरुचौरको डहरे देउराली रहेका छन् भने प्याराग्लाइडिङका लागि स्वरेक मैदान, खिलुङ देउराली र आरुखर्कमा पूर्वाधार निर्माण गरिएको छ । त्यस्तैगरी, कालीगण्डकी र आँधीखोलामा ¥याफ्टिङको सम्भावना रहेकाले यसलाई व्यावसायिक रुपमा अगाडि बढाउने तयारी भइरहेको जिल्ला पर्यटन विकास समितिले जनाएको छ । स्याङ्जाको मिर्मी, आँधीखोला, भालु पहाड तथा कोल्माजस्ता स्थानमा सबैभन्दा बढी म्यूजिक भिडियो छायाङ्कन हुने गरेको र गत आवमा १० भन्दा बढी चलचित्र पनि यसै क्षेत्रमा छायाङ्कन गरिएको जिल्ला पर्यटन विकास समितिको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा रहेका पर्यटकीय सम्भावना बोकेका स्थानको प्रचारप्रसार तथा आवश्यक पूर्वाधार निर्माण गरी धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरी पञ्चवर्षीय गुरुयोजना तयार गरी काम भइरहेको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष श्रेष्ठले बताए ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page