Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

शरणार्थी समस्याबारे राष्ट्रसंघको बैठक

\"wanसंयुक्त राष्ट्रसंघ । विभिन्न युरोपेली देशमा पछिल्लो समयमा बढ्दो रुपमा शरण मागिरहेका शरणार्थीहरुका विषयमा संयुक्त राष्ट्रसंघले बैठक गर्ने भएको छ । शरण माग्न पुगेका युरोपेली देशहरुका सरकार प्रमुखसँग राष्ट्रसंघीय महासचिव बान कि मुनले सो बैठक गर्न लागेको प्राप्त समाचारमा जनाइएको छ । एनका प्रवक्ताले मङ्गलबार दिएको जानकारीअनुसार महासचिव बानले युरोपेली राष्ट्रका सरकार प्रमुखहरुको सहभागितामा न्युयोर्कमा सो बैठकको आयोजना गर्न लागीएको हो । महासचिव बानका प्रवक्ताले महासचिव बानले यही सेप्टेम्बर ३० तारिखमा न्युयोर्कमा सो बैठकको आयोजना गरेको जानकारी दिएका छन् । महासचिव बानका प्रवक्ता स्टेफेन डुजारिकले आगामी सेप्टेम्बर ३० मा आयोजना हुने सो बैठकमा युरोपेली देशका सरकार प्रमुखहरुलाई आमन्त्रण गरिएको छ । विश्वका कयौँ देशका नागरिक हिंसाका कारण घरबाट निस्किएका छन् । उनीहरुले युरोपली देशहरुमा शरण मागिरहेका छन् । कतिपय देशले आफ्नो देशमा आएकालाई शरण दिएका छन् भने कतिपयले देशले भने आफ्नो देशको कानुन देखाएकार शरण दिन मानेका छैनन् । त्यसैले गर्दा पनि युरोपेली राष्ट्रहरुले आप्रवासीहरुका सम्बन्धमा साझा रणनीति अख्तियार गर्नुपर्नेमा पनि आवज उठाउदै आएका छन् । यसै विषयमा छलफल गर्नका लागि महासचिव बानले सो बैठक बोलाएको बताइएको छ  । उक्त बैठकमा युरोपली देशका सरकारी प्रमुखहरुसँग उनीहरुले दिनसक्ने शरणका बारेमा नीतिगत हिसाबमा छलफल हुनेछ । महासचिव बानले अष्ट्रिया, चेज रिपब्लिक, जर्मनी, ग्रिस, हङ्गेरी, पोल्याण्ड स्लोभाकियाका सरकार प्रमुखहरुसँग कुराकानी गरिसकेको पनि प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन्  । त्यस कुराकानीका क्रममा महासचिव बानले युरोपेली देशहरुले पछिल्लो समयमा शरणार्थीहरुलाई दिएको शरणको प्रसंशागर्दै यस विषयमा आगामी दिनमा थप के गर्न सकिन्छ भन्ने बारेमा न्युयोर्क बैठकमा छलफल हुने बताइएको छ । युरोपमा यतिखेर संसारका कयौँ देशका नागरिक शरण खोज्दै ओइरिएका छन् । यसले गर्दा ती देशहरुमा पनि आन्तरिक सुरक्षा एवम् अन्य विषयमा निकै समस्या पर्ने गरेको बताएका छन् । लाखौँ लाख नागरिकले शरणार्थीको रुपमा प्रवेश पाउन युरोपमा पुगेपछि ती देशहरुले पनि आफ्नो देशको तर्फबाट के कति जनालाई शरण दिन सकिन्छ भन्ने बारेका धारणाहरु पनि सार्वजनिक गरिरहेका छन् । आप्रवासीले युरोपतर्फ जाने र शरणार्थीका रुपमा आवेदन गर्ने सङ्ख्या प्रतिवर्ष बढ्दै गएको छ । गत वर्षको तुलनामा युरोपेली सङ्घमा शरणार्थी आवेदकको सङ्ख्या नाटकीय रुपमा बढेको बताइएको छ । रासस÷सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies