Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने– दुई दिनले नपुगे चार दिन थप्नुस्

\"rastrapatipm\"काठमाडाैं । राष्ट्रपति डा. रामवरण यादवले सबैलाई समेटेर संविधान जारी गर्न प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ संविधान निर्माणको अन्तिम क्षण भएकाले राष्ट्रिय एकता बलियो हुनेगरी सबैलाई समेटेर जानुपर्ने सुझाब उनको छ ।   संविधानसभाको प्रक्रिया दुई दिन रोक्दा पनि आन्दोलनरत दलसँग वार्ता हुन नसकेपछि राष्ट्रपति डा। यादवले प्रधानमन्त्रीलाई टेलिफोन गरेर सबैलाई समेट्न सुझाब दिएका हुन् । डा. यादवले अलिकति ढिलोचाँडोले केही नहुने भन्दै दुई दिनको सट्टा चार दिन थपेर भए पनि असन्तुष्टसँग वार्ता गर्न सुझाब दिएको उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।   ‘यो संविधान निर्माणको अन्तिम क्षण हो । राष्ट्रिय एकतालई मजबुद बनाउने गरी सबै वर्ग, समुदायलाई समेटेर संविधान निर्माणका लागि अग्रसर भएर पहल गर्नुस् भन्नुभएको छ,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै दाहालले नयाँ पत्रिकासित भने, ‘अलिकति ढिलोचाँडोले केही हुँदैन । दुई दिनले भएन भने चार दिन थप्नुस्, तर यो अवसरलाई सदुपयोग गरेर असन्तुष्ट सिंगो समुदायलाई पनि समेट्नुस् ।’ दुई दिनमा भएका अनौपचारिक प्रयासलाई राष्ट्रपतिले सकारात्मक भनेका थिए । आन्दोलन हिंस्रक र अराजक बन्न नहुने पनि राष्ट्रपति डा। यादवले बताएका छन् । आन्दोलन शान्तिपूर्ण बनाए सेना फिर्ता गर्न सरकारलाई आपत्ति नहुने सन्देश दिन पनि राष्ट्रपतिले प्रधानमन्त्रीलाई सुझाब दिएका छन् । दाहालका अनुसार जवाफमा प्रधानमन्त्रीले भनेका थिए, ‘अरू दलसँग छलफल गरी समाधानको पहल गर्छु ।’   तराईमा महिना दिनदेखि जारी आन्दोलनमा भएको जनधनको क्षतिप्रति पनि राष्ट्रपतिले दुस्ख प्रकट गरेको दाहालले बताए । तराईमा आन्दोलनका क्रममा केही ठाउँमा अराजक र हिंस्रक गतिविधि देखिएको भन्दै राष्ट्रपतिले यसको जिम्मा आन्दोलनरत दलहरूले नै लिनुपर्ने बताएका थिए । ‘कतिपय ठाउँमा आन्दोलन अराजक र हिंस्रक पनि बनेको छ, त्यसका लागि आन्दोलनरत दलहरू जिम्मेवार हुनुपर्छ र त्यसको जिम्मेवारी पनि उनीहरूले नै लिनुपर्छ,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै दाहालले भने ।   यसैबीच, राष्ट्रपति डा। यादवले शनिबारै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पनि टेलिफोन गरेका थिए । श्रेष्ठसँगको संवादमा राष्ट्रपतिले मिलेर अघि बढ्न सुझाब दिएको दाहालले जानकारी दिए । राष्टपतिले शनिबार नै अर्थमन्त्री रामशरण महतसँग शीतलनिवासमै भेटेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending