Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

समय थपेर वार्ता गर्न कांग्रेसमा नै दबाब

\"congressकाठमाडौं । कांग्रेसका मधेसी र थारू सभासद्ले वार्ताको विश्वसनीय वातावरणका लागि तत्काल तराईबाट सेना फिर्ता गरेर मध्यस्थकर्ताको टिम बनाउन प्रधानमन्त्री सुशील कोइरालासँग आग्रह गरेका छन् ।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ शनिबार मधेसी र थारू सभासद्हरूको छलफलमा वार्ताबाट तराईमा जारी आन्दोलनको समाधान खोज्न तत्काल सरकार र प्रमुख राजनीतिक दलहरूले सेना फिर्ता, तीनदेखि चार दिनसम्म संविधानसभाको प्रक्रिया रोक्ने र वार्ताका लागि मध्यस्थकर्ता टिम बनाउने निर्णय भएको हो । उक्त निर्णयपछि कांग्रेस सभासद् सुरेन्द्रप्रसाद चौधरीले प्रधानमन्त्रीलाई भेटेर उक्त मागबारे जानकारी गराएका थिए ।   ‘मैले प्रधानमन्त्रीलाई भेटेर वार्ताबाट समस्या समाधान गर्न तत्काल तराईबाट सेना फिर्ता गर्नुपर्ने, मध्यस्थकर्ता समूह गठन गर्ने र संविधानसभाको प्रक्रिया थप ३ देखि ४ दिन रोक्न अनुरोध गरेको छु’, प्रधानमन्त्रीसँगको भेटपछि चौधरीलेभने, ‘उहाँले सल्लाह गर्ने बताउनुभएको छ ।’   प्रक्रिया केही दिन स्थगन गरे पनि सार्थक वार्ता नभए अर्थ नहुने भन्दै कांग्रेसका मधेसी र थारू सभासद्हरूले मध्यस्थकर्ता टोली नै गठन गर्नुपर्ने माग ल्याएका हुन् । उनीहरूले दुवै पक्षले विश्वास गर्ने गरी मध्यस्थकर्ता टोली गठन गर्दा वार्ताको वातावरण बन्ने र त्यसले सार्थक समाधानको बाटो पहिल्याउन सहयोग गर्ने दाबी गरेका छन् । ‘दुवै पक्षले विश्वास गर्ने वातावरण बनाउन तत्काल एउटा मध्यस्थकर्ता टोली बनाएर अघि बढ्न सुझाव दिएका छौं’, चौधरीले भने । शनिबारै भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि, कांग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र केन्द्रीय सदस्य एवं सभासद् रामकृष्ण यादवले पनि प्रधानमन्त्रीसँग भटेर सोही विषयको जानकारी गराएका थिए ।   उनीहरूले वार्ता गर्ने भनेर संविधानसभाको प्रक्रिया स्थगन गर्ने तर तराईमा सेना परिचालन गरेर ‘जनता मार्ने’ काम जारी राख्दा विश्वसनीय वातावरण बन्न नसक्ने भन्दै तत्काल सेना फिर्ता गर्न प्रधानमन्त्रीसँग आग्रह गरे । सबै प्रक्रिया पुर्‍याएर सार्थक वार्ता गर्न केही समय लाग्ने भएकाले आइतबारसम्म स्थगन गरिएको संविधानसभाको प्रक्रिया थप ३ देखि ४ दिन लम्ब्याउन पनि उनीहरूले आग्रह गरे । ‘दुईचार दिन प्रक्रिया लम्बिँदैमा केही बिग्रँदैन’, चौधरीले भने, ‘साँच्चिकै समस्या समाधान गर्न विश्वसनीय वार्ताका लागि त्यसअघि गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्छ ।’   कांग्रेसका ५२ मधेसी र थारू सभासद्ले सुरुदेखि नै तराईमा जारी आन्दोलनलाई वार्ताका माध्यमबाट समाधान गरेर मात्रै प्रक्रिया अघि बढाउन माग गर्दै आएका छन् । उनीहरूले पार्टीभित्र तराईको आन्दोलन सम्बोधन गर्न पटकपटक औपचारिक ज्ञापनपत्रसमेत दिँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending