Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

शीर्ष नेता विवाद : ओली–प्रचण्ड प्रक्रिया थालौं, कोइराला–भट्टराई केही दिन रोकौं

\"Koiralaकाठमाडौं । मधेसकेन्द्रित दलका नेताहरूलाई कुनै तरहले सभामा फर्काउने वा उनीहरूबिनै संविधान जारी गर्नेबारे प्रमुख दलका मुख्य नेताहरू नै विभाजित देखिएका छन् ।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस महामन्त्री कृष्ण सिटौला प्राप्त उपलब्धिलाई संस्थागत गरी संविधान जारी गर्न ढिलाइ गर्न नहुने पक्षमा छन् भने प्रधानमन्त्री सुशील कोइराला, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, एमाओवादीका नेताहरू बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ मतदानको प्रक्रिया केही दिन स्थगन गरेर आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्ने पक्षमा छन् ।   तीन दलका नेताको निर्णयअनुसार शुक्रबार दुई दिनका लागि संविधानसभाको प्रक्रिया स्थगन गरिएको थियो । यो अवधिमा वार्ताको कुनै प्रक्रिया अघि बढ्न सकेन । दाहाल र ओली आइतबार पहिलो चरणमा प्रमुख दलका संसदीय दलका नेताहरूले संविधानको मस्यौदा विधेयकमाथि सम्बोधन गरेपछि मध्याह्नबाट मतदानको प्रक्रिया थाल्ने पक्षमा छन् । ‘अहिले जारी गोलचक्करकै बीच संविधान जारी हुने हो’, एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले भने ।   प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष दाहाल र नेता भट्टराईसँग अनौपचारिक कुराकानी गरिरहेका मधेसकेन्द्रित दलका नेताहरूले सरकारी रबैयाका कारण सार्थक वार्ता हुन नसकेको बताएका छन् । ‘बिँड तातेर के अर्थ, ताप्के तात्नुपर्‍यो नि रु ’ सत्तापक्षप्रति लक्षित गर्दै मधेसी नेताहरूले एमाओवादी नेता दाहाल र भट्टराईलाई भनेको स्रोतले बतायो ।   काठमाडौंमा रहेका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले दाहाल, भट्टराई र नारायणकाजीले शनिबार भेट्न खोज्दा ‘भेट सम्भव नरहेको’ जबाफ फर्काएका छन् भने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग संवाद गर्न भट्टराईले शनिबार दिनभर कोसिस गर्दा पनि सकेनन् ।   ‘आफ्नै एजेन्डामा कांग्रेस–एमालेलाई सहमत गराउन नसकेको एमाओवादीले हामीसँग वार्ता गर्नुको के अर्थ हुन्छ र रु ’ तमलोपा नेता हृदयेश त्रिपाठीले अन्नपूर्णसँग भने । शक्ति हातमा भएकारनभएका सत्ता पक्षका नेताहरूले आफूहरूसँग सम्पर्क गरे पनि सार्थक वार्ता हुने वातावरण नबनेको त्रिपाठीले बताए ।   कांग्रेस—एमालेका नेताहरूले ठाकुर र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँग छुट्टाछुट्टै अनौपचारिक छलफल थालेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending