Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

धार्मिक सहिष्णुता कायम गर्दै हिन्दू मुसलमानले सँगै मनाए तीज

\"teej\"भक्तपुर । विगत १० वर्षदेखि भक्तपुरको सूर्यविनायक बस्दै आएकी सवना खातुनले यसवर्ष तीजको व्रत बस्नुभयो । हिन्दू महिलाले तीजको व्रत बस्दै आए पनि खातुनले हिन्दू धर्मको सम्मान गर्दै तीजको व्रत बसेकी हुन् । देशमा जातजाति र धर्मको नाममा विवाद ल्याउन खोजिएका बेलामा भक्तपुरमा भने हिन्दू धर्मका साथै अन्य धर्म मान्नेहरुले पनि धार्मिक सहिष्णुता प्रकट गर्दै तीज मनाएका थिए । खातुन दर्शनका लागि शिव मन्दिर नगए पनि आफ्नो श्रीमान् र परिवारका सुखका लागि आज तीजको व्रत बसेको बताइन् । उनले भनिन् – “छिमेकीसँग मिलेर सामूहिक दर पकाएर हिन्दू महिलासँग सँगै बसेर दर खाएँ, यसवर्ष तीजको व्रत पनि बसेँ, हाम्रो धर्म फरक भए पनि परिवारको सुखका लागि परम्परा मान्न मन लाग्यो, धर्म र जातको नाममा देशमा कहिले राजनीति नभए हुन्थ्यो ।” खातुनमात्रै होइन खातुनसँगै रहेका चारजना मुसलमान महिलाले पनि दर खाएर तीजको व्रत बसे । खातुन जस्तै भक्तपुर सल्लाघारीकी शारदा श्रेष्ठले पनि यसवर्ष आफ्नो श्रीमान् र परिवारको सुखको कामना गर्दै दर खाएर तीजको व्रत बसिन् । नेवार समुदायमा तीजको व्रत बस्ने परम्परा नभए पनि गतवर्षदेखि छिमेकी नारीसँगै आफू पनि व्रत बस्न थालेको उनले बताइन् । उनले भनिन् – “हाम्रो नेवार समुदायले दर खाने, तीजको व्रत बस्ने परम्परा छैन, तर तीजको व्रत श्रीमान् र परिवारको सुख, शान्तिका लागि भन्ने थाहा पाएपछि गतवर्षदेखि नै व्रत बस्न थालियो ।” छिमेकीले तीजको व्रतका बारेमा बताएपछि गतवर्षदेखि उनीहरुसँगै तीजको व्रत बस्दै आउनुभएकी शारदा मात्रै होइन, शारदाको परिवारमा रहेका महिलाले पनि तीजको व्रत बसेका थिए । भक्तपुरमा यसवर्ष बाहुन क्षेत्रीले मात्रै नभई नेवार, लामा, तामाङ, राई समुदायका महिलाले सामूहिक रुपमा तीज मनाएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending