Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

संविधान घोषणा गर्न अशोज ३ को यस्तो छ भव्य तयारी

\"ca-building-660x330\"अाजकाे नयाँ पत्रिका दैनिकमा योगेश ढकाल लेख्छन्– तीन दलले संयुक्त सभा गर्ने संविधान घोषणा भएको खुसियालीमा प्रमुख तीन दलले ४ असोजमा देशभर र्‍याली र संयुक्त सभा गर्ने भएका छन् । काठमाडौंमा गरिने सभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डलगायतका नेताले सम्बोधन गर्नेछन् । सभाको आयोजक तीन दल हुने वा सरकार भन्ने टुंगो लाग्न बााकी छ । सभाको तयारी गर्न शीर्ष नेताहरूले कांग्रेस महामन्त्री कृष्ण सिटौला, एमाले उपाध्यक्ष भीम रावल र एमाओवादी महासचिव कृष्णबहादुर महरालाई जिम्मा दिएका छन् । राप्रपा नेपालको आलोचनात्मक समर्थन संविधान पारित गर्दा विपक्षमा मतदान गरेको राप्रपा नेपालले नयाा संविधानको आलोचनात्मक समर्थन गर्ने भएको छ । ‘प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शप्रति प्रतिबद्ध रहादै नेपालको संविधान, २०७२ लाई राप्रपा नेपाल आलोचनात्मक समर्थन गर्नेछ,’ राप्रपा नेपालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एमालेले लड्डु बाड्यो, चियापान गर्ने संविधान जारी भएको खुसियालीमा एमालेले ५ असोजमा चियापान कार्यक्रम गर्ने भएको छ । दशरथ रंगशालामा गरिने चियापानमा सबै दलका नेता, सभासद्, कर्मचारी, विभिन्न क्षेत्र र वर्गका व्यक्ति तथा सर्वसाधारणलाई निम्तो गरिनेछ । संविधानसभाबाट नयाा संविधान बनेको खुसियालीमा एमालेले बिहीबार नै संसदीय दलको कार्यालयमा लड्डु बााड्यो । अध्यक्ष ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई लड्डु खुवाए । त्यस्तै, खनाल र नेपालले ओलीलाई खुवाए । संविधानसभामा दीपावली र आतिसबाजी गरिने राष्ट्रिय विशेष समारोह ३ असोजमा संविधान जारी गर्न संविधानसभामा ‘राष्ट्रिय विशेष समारोह’ गरिनेछ । समारोहमा सााझ ५ बजे सभामुखले संविधान हस्तान्तरण गरेपछि राष्ट्रपतिले पनि हस्ताक्षर गर्नेछन् । संविधानसभा भव्य सजाइने संविधानसभा भवनको मूलगेटदेखि बैठककक्षसम्म भव्य सजावट गरिनेछ । राष्ट्रिय झन्डा फहराउने, ध्वजापताका लगाउने, बत्ती तथा फूलले झकिझकाउ बनाइनेछ । राष्ट्रपति र सभामुख बस्ने ड्यास मर्यादापालकले सजावट गर्नेछन् । ड्यास बढी झकिझकाउ सभामुखको दायाातिरको ड्यासमा राष्ट्रपति बस्नेछन् । उनीहरू बस्ने ड्यास बढी झकिझकाउ पारिनेछ । संविधानसभा भवन सजावट गर्न फूल तथा अन्य सामग्रीको खरिद २ र ३ असोजमा गरिनेछ । विशिष्ट अतिथिलाई निम्ता नेपालमा रहेका कूटनीतिक नियोगका सबै प्रतिनिधिलाई संविधान जारी गर्ने दिनको निम्ता दिइादै छ । उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक अंगका पदाधिकारीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा गरिादै छ । पूर्वसभासद्लाई पनि बोलाइने अघिल्लो संविधानसभामा सदस्य रहेका सबै पूर्वसभासद्लाई पनि निमन्त्रणा गरिादै छ । अघिल्लो संविधानसभाको निरन्तरता र ती सभासद्को महत्त्वपूर्ण योगदान रहेकाले उनीहरूलाई संविधान जारी गर्ने समारोहमा निम्त्याइएको सचिवालयले जनाएको छ । हस्ताक्षर र प्रमाणीकरण सचिवालयले नेपाली कागजमा ‘नेपालको संविधान, २०७२’ को पााच प्रति तयार गर्नेछ र तिनमा शुक्रबार सभासद्हरूले वर्णानुक्रमअनुसार हस्ताक्षर गर्नेछन् । सभासद्को हस्ताक्षर सकिएपछि सभामुख सुवास नेम्वाङले प्रमाणीकरण गर्नेछन् । रिसल्लासहित राष्ट्रपति आउने संविधान जारी गर्न आउने राष्ट्रपति डा. यादवलाई बबरमहलदेखि संविधानसभा भवनसम्म रिसल्लासहित ल्याइनेछ । संविधानसभामा पुगेपछि उनलाई सेनाले राष्ट्रिय धुनसहित सलामी दिनेछ । संविधान घोषणाको ढाँचा संविधानसभाले तयार गरेको ढाचाअनुसार राष्ट्रपतिले संविधान प्रारम्भ भएको घोषणा गर्नेछन् । ‘संविधानसभाबाट पारित एवं संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ असोज ३ मा प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु,’ राष्ट्रपतिको घोषणाको व्यहोरा यस्तो छ । राष्ट्रपतिले बोल्न नपाउने संविधान जारी गर्ने विशेष समारोहमा राष्ट्रपति यादवले बोल्न पाउनेछैनन् । उनले संविधानसभा नियमावलीमा व्यवस्था गरिएको ढाँचाअनुसार पढेर संविधान जारी भएको घोषणा मात्रै गर्नेछन् । प्रोजेक्टरबाट देखाइने संविधानसभा बैठक कक्षमा ६०१ सभासद्, केही कर्मचारी र फोटोपत्रकार मात्रै अटाउने ठाउा छ । आमन्त्रण गरिएका करिब पााच सय विशिष्ट पाहुनालाई बाल्कोनीमा राखिनेछ । त्यहाा नअटेका अतिथिलाई संविधानसभा भवनकै नुत्से हलमा ठूलो प्रोजेक्टरमार्फत संविधान घोषणा कार्यक्रम देखाउने व्यवस्था गरिनेछ । समारोहमा करिब दुई हजार पाहुना र सर्वसाधारण उपस्थित हुने अनुमान छ । डेढ घन्टाको समारोह संविधान जारी गर्ने कार्यक्रम करिब डेढ घन्टा चल्ने अनुमान सचिवालयको छ । यो समय राष्ट्रपतिलाई गरिने सम्मानदेखि संविधानसभाको अन्तिम बैठकसम्मको हो । अन्तिम बैठक बस्ने राष्ट्रपतिले नयाा संविधान जारी गरेपछि बस्ने संविधानसभाको अन्तिम बैठकले राष्ट्रपतिको सम्मानस्वरूप धन्यवादको प्रस्ताव पारित गर्नेछ । उक्त बैठकमा सभामुखले सभासद्हरूको योगदानलाई धन्यवाद दिनेछन् । र, संविधानसभाको विगतका गतिविधिबारे भनाइ राख्ने कार्यक्रम रहेको सहप्रवक्ता सुदर्शन कुइाकेलले बताए । समारोहपछि रात्रिभोज संविधान जारी गर्ने विशेष समारोह सकिएपछि संविधानसभा भवन परिसरमै रात्रिभोज आयोजना गरिनेछ । भोजमा सहभागी सबैलाई खानपिनपछि एक–एक प्रति संविधान दिने व्यवस्था सचिवालयले मिलाएको छ । समाचार नेपालको संविधान, २०७२ जारी गर्न संविधानसभा भवनमा आइतबार विशेष औपचारिक समारोह हुँदै छ । भव्य समारोहबीच राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गर्नेछन् । सरकार र संविधानसभा सचिवालयले संविधान जारी गर्न सजावटसहित व्यवस्थापनको तयारी थालेको छ । राष्ट्रिय झन्डा, फूल र बत्तीसहित संविधानसभा भवनलाई झकिझकाउ बनाइने सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले बताए । उनका अनुसार संविधानसभा भवनको सजावट र सुरक्षाको व्यवस्थापन सुरु भइसकेको छ । ‘भवन सजावटको काम असोज २ गतेपछि मात्रै हुने भएकाले कसरी भव्य हुन सक्छ भनेर अहिले नै भन्न सकिन्न । तर, जति सकिन्छ भव्य बनाइनेछ,’ कुइँकेलले नयाँ पत्रिकासँग भने । राष्ट्रपतिलाई सिंहदरबारआसपासबाट घोडचढीसहित रिसल्ला फौज अघिपछि लगाएर संविधानसभामा ल्याइने भन्नेबारे छलफल चलिरहेको छ । गत असारमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि राष्ट्रपतिलाई बबरमहलबाट यसरी नै संविधानसभा भवनसम्म लगिएको थियो । संविधानसभा भवनमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नेछ । संविधानसभा हलभित्र प्रवेश गरेपछि सभासद्ले हस्ताक्षर गरी सभामुखले प्रमाणीकरण गरेको नेपालको संविधान, २०७२ लाई सभामुख सुवास नेम्वाङले राष्ट्रपतिलाई हस्तान्तरण गर्नेछन् । संविधानसभा नियमावली, ०७० को अनुसूची ७ को नियम ११० को उपनियम ३ अनुसार राष्ट्रपतिले नयाँ संविधानमा हस्ताक्षर गरेर सार्वजनिक गर्नेछन् र जारी भएको घोषणा गर्नेछन् । घोषणाको ढाँचामा भनिएको छ, ‘संविधानसभाबाट पारित एवं संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ असोज ३ मा प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु ।’ संविधानसभा सचिवालयले राष्ट्रिय औपचारिक समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सुरक्षा निकायका प्रमुख, संवैधानिक अंगका पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि तथा पूर्वसभासद्लाई निम्तो पठाएको छ । संविधान जारी गर्ने समारोहमा उपस्थित सबै पाहुनालाई औपचारिक पोसाकमा आउन आग्रह गरिएको छ । समारोहमा उपस्थित हुने करिब दुई हजार पाहुनालाई प्रोजेक्टरबाट पनि संविधान जारी कार्यक्रम देखाइनेछ । राष्ट्रपतिले संविधान जारीसँगै संविधानसभाको अन्तिम बैठक बस्नेछ र सभामुखले संविधानसभाका विगतका गतिविधिबारे भनाइ राख्ने कार्यक्रम छ । सचिवालयका सहप्रवक्ता कुइँकलेका अनुसार सोही कार्यक्रममा सभासद्हरूले गरेको योगदानलाई सभामुखले धन्यवाद दिनेछन् । बैठकले राष्ट्रपतिलाई पनि धन्यवाद दिने प्रस्ताव पारित गर्नेछ । सचिवालयका कर्मचारीका अनुसार समारोह करिब डेढ घन्टा चल्ने अनुमान छ । संविधान जारी भएसँगै देशभर दीपावली गर्ने कार्यक्रम पनि तय भएको छ । सचिवालयले संविधान जारी गरेपछि संविधानसभा भवन परिसरमा रात्रिभोज आयोजना गर्ने भएको छ । समारोहमा आउने सबै पाहुनालाई भोजमा सरिक गराइनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending