Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

असोज ३ गते (भोलि) संविधान घोषणा नगर्न भारतको दबाब

\"pm\"काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत सुव्रमन्यम जयशंकरले तराई–मधेसबाट सेना फिर्ता र मधेसी तथा थारू आन्दोलनलाई सम्बोधन गरेपछि नयाँ संविधान जारी गर्न दबाब दिएका छन् ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ अहिलेकै अवस्थामा संविधान जारी भए भारतले समर्थन नगर्ने उनको चेतावनी छ । भारतीय विदेशसचिवसमेत रहेका जयशंकर शुक्रबार बिहान ९ बजे काठमाडौंमा ओर्लिएका थिए । उनी दिनभर शीर्ष भेटवार्तामा व्यस्त भए । सबै भेटमा उनले आफ्नो सीमा जोडिएको तराई अशान्त भएको अवस्थामा जारी हुने संविधानको समर्थन गर्न नसकिने चेतावनी दिएका हुन् । तर, आन्दोलनका मुद्दा सम्बोधन गर्ने मोडालिटीबारे भने केही बताएका छैनन् । प्रमुख दलका शीर्ष नेताले भने अहिले भारतको चासो सम्बोधन गर्न नसकिने स्पष्ट जवाफ दिएका छन् । उनीहरूले संविधान जारी भइसकेको अवस्थामा असन्तुष्ट पक्षको जायज माग पछि सम्बोधन हुने बताएका थिए । अब कुनै पनि बहानामा संविधान जारी गर्ने काम नरोकिने उनहरूको भनाइ छ ।   जयशंकरले शुक्रबार राष्ट्रपति डा। रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतासँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष चिन्ता र चासो व्यक्त गर्न आफू आएको र तराईको माग सम्बोधन गर्नुपर्नेमा मोदीको जोड रहेको जयशंकरले सबै नेतालाई सुनाएका थिए । प्रधानमन्त्रीले भने, ‘अब फर्किन सकिन्न’ बालुवाटारमा शुक्रबार साँझ प्रधानमन्त्री कोइरालासँग भएको भेटमा जयशंकरले तराई–मधेस अशान्त रहेको अवस्थामा जारी हुने संविधानलाई कसरी समर्थन गर्ने भनेर सोधेका थिए । उनले भनेका थिए, ‘तराई अशान्त रहेको अवस्थामा नयाँ संविधानलाई भारतले कसरी स्वागत–समर्थन गर्ने ?’   प्रधानमन्त्री कोइरालाको जवाफ थियो, ‘संविधानसभामा विभिन्न राजनीतिक आस्था र विचार भएका राजनीतिक दलहरू छन् । यो सम्झौताको दस्ताबेज हो । यसमा सबै राजनीतिक दल र नेपाली जनताको भावनालाई समेटिएको छ । तर, कुनै पनि पार्टीका सबै कुरा अटाएका छैनन् ।’   प्रधानमन्त्री कोइरालाले नयाँ संविधान लोकतान्त्रिक चरित्रको रहेको र निर्वाचित प्रतिनिधिको अत्यधिक बहुमतले पारित गरेकाले विश्वका लोकतान्त्रिक मुलुकले समर्थन गर्नेमा आफूले विश्वास लिएको पनि बताएका थिए । योभन्दा अरू विकल्प नभएको र अहिलेको भन्दा बढी समावेशी र लोकतान्त्रिक संविधान असम्भव रहेकोसमेत उनको जवाफ थियो । उनले भारतको सुरक्षा चासो सम्बोधन गर्न नेपाल तयार रहेको पनि बताएका थिए । प्रधानमन्त्रीसँग जयशंकरको डेढ घन्टा लामो भेटवार्ता भएको थियो । ओलीले भने, ‘संविधान जारी हुन्छ’ काठमाडौंमा शुक्रबार बिहान साढे ९ बजे ओर्लिएपछि जयशंकरले पहिलो भेट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरे । ओलीनिवास बालकोटमा भएको भेटमा जयशंकरले नेपालको संविधान निर्माण सार्वभौम विषय रहेको र यसको सारवस्तुमा टिप्पणी नभएको भन्दै कुराकानी थालेका थिए ।   भेटमा सहभागी एमाले प्रमुख सचेतक अग्नि खरेलका अनुसार कुराकानीका क्रममा भारतीय विदेशसचिव जयशंकरले सोधे, ‘तर, प्रक्रियामा रहेका दलहरू ९मधेसकेन्द्रित० अहिले बाहिर छन् । उनीहरूलाई कसरी सामेल गराएर संविधान जारी गर्नुहुन्छ रु’ मधेसी र थारूलाई नसमेट्दा संविधान टिकाउ र सर्वस्वीकार्य नहुने, नेपालमा शान्ति र स्थायित्व पनि नआउने जयशंकरको चेतावनी थियो ।   खरेलका अनुसार ओलीले जवाफ दिए, ‘संविधान पारित नै भइसकेपछि अब प्रक्रियामा उहाँहरू ९मधेसी दल० आउने ठाउँ छैन । तर, संविधान घोषणा गरेपछि पनि हामी कुराकानी गर्छौँ । असन्तुष्ट विजय गच्छदारजीसँग गएराति ९बिहीबार० अबेरसम्म वार्तामा हामी थियौँ । उचित र तार्किक विषय सम्बोधन हुने सम्भावना समाप्त भएको होइन । तर, हामीले सबै क्षेत्र, समुदायको धेरै कुरा सम्बोधन गरेका छौँ । बाँकी कुरा छन् भने पछि गरौँला ।’   संविधान जारी भएपछि पनि असन्तुष्ट पक्षका उचित माग सम्बोधन गर्न संवादको ढोका बन्द नभएको बुझिदिन पनि ओलीको आग्रह थियो । तर, संविधान जारी गर्न नरोकिने ओलीको भनाइ थियो । उनले भेटमा भने, ‘संघीय आयोगमार्फत असन्तुष्ट पक्षका उचित माग सम्बोधन हुन सक्छ । तर, अब संविधान जारी गर्ने कुरा रोकिँदैन ।’
प्रचण्डले भने, ‘वार्ता पनि, संविधान पनि’
एमाओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा। बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँगको भेटमा भारतीय प्रधानमन्त्रीका विशेष दूत जयशंकरले दमनको अवस्थामा संविधान कसरी जारी हुन्छ भन्ने जिज्ञासा राखेका थिए । उनले सोधेका थिए, ‘कफ्र्यु लगाएर, सेना परिचालनको बीचमा, दमनको बीचमा कसरी संविधान जारी गर्नुहुन्छ ?’ उपाध्यक्ष श्रेष्ठका अनुसार जयशंकरले मधेसको असन्तुष्टि सम्बोधन नभए परिस्थिति सहज नहुने र भारतकै सुरक्षामा गम्भीर खतरा पर्ने हुनाले छलफल गर्न आफू आएको बताए । अध्यक्ष प्रचण्डले वार्ता र संवादबाट सबैलाई समेट्ने प्रयत्न भएको र शतप्रतिशत सम्भव नहुने जवाफ दिएका थिए । ‘कतिपय मुद्दा सम्बोधन गर्न सकियो, कतिपय सकिएन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘असन्तुष्ट पक्षसँग राजनीतिक सम्झौता गरेर पछि व्यवस्थापिका संसद्बाट त्यसलाई सम्बोधन गर्ने ठाउँ बाँकी छ । तर, अब संविधान जारी गर्ने कुरा रोक्न सक्दैनौँ । उहाँहरूसँग वार्ता पनि गर्छौँ, नयाँ संविधान घोषणा पनि गर्छौँ ।’ जयशंकरले मधेसी नेतालाई सोधे स् माग के हो र ? संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूलाई भारतीय दूतावासमा शुक्रबार दिउँसो लन्चका लागि बोलाइएको थियो । भेटको सुरुमै जयशंकरले मधेसी नेतालाई आन्दोलनको माग के हो भनेर सोधेका थिए ।   संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण दूतावास पुगेका थिए । कर्णका अनुसार सुरुमै जयशंकरको प्रश्न थियो, ‘तपाईंहरूको माग के हो रु मधेसमा अहिले के भइराख्या छ रु तपाईंहरूलाई संविधानमा के पुगेन रु’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending