Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

गच्छदारले भावुक हुँदै भने, ‘संविधानको ढोका खोलें तर बाहिरै परें’

\"bijay\"काठडमाडौं । सहमति विथोलिएपछि तीन दलका शीर्ष नेताहरुसँग मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारले शुक्रबार बिहान भावुक हुँदै एउटा प्रश्न गरेका थिए, ‘१६ बुँदे गरेर मैले संविधान लेखनको ढोका खोलिदिए तर तपाईहरुले त्यो ढोका म पनि भित्र पस्न नसक्ने गरी बन्द गरिदिनुभयो। यसको परिणाम सुखद हुँदैन।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ १६ बुँदेको वातावरण बनाएर संविधान निर्माणमा कांग्रेस, एमाले र एमाओवादीलाई एकै ठाउँ ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका गच्छदारलाई संविधान जारी गर्ने अन्तिम क्षणसम्म पनि प्रक्रियाबाट बाहिर जाने इच्छा थिएन। ‘तीन दलको संकीर्णताका कारण इच्छा नहुँदानहुँदै पनि प्रक्रियाबाट बाहिरिनु पर्‍यो’ गच्छदारले शुक्रबार भने, ‘अनेक आरोप र आशंकालाई सहेर पनि संविधान ल्याउनुपर्छ भनेर सुरुदेखि लाग्ने मानिस म हुँ तर आज संविधान निर्माणमा बाहिर बस्नु पर्दा मलाई व्यक्तिगत रुपमा धेरै दुःख लागेको छ। मलाई बाहिर वस्न वाध्य बनाउने काम तीन दलले नै गरे।’ गच्छदारले भने, ‘मैले १६ बुँदे गराएर जग हाले तर घर बन्ने भएपछि तीन दलले मलाई पनि बाहिर पठाएर ढोका बन्द गरे।’ गच्छदारले भइसकेको सहमति पनि ‘तराई(मधेस’ शब्द राख्न नमानेपछि विथोलिएको बताए। तीन दलसँगको वार्तामा तराई मधेसलगायतका देशका विभिन्न भूभागमा सिमांकनलगायतका सन्दर्भमा भइरहेको अन्दोलनलाई सम्बोधन गर्न संसद्बाट संविधान संशोधन गर्ने सहमति लगभग भइसकेको थियो।‘तर अन्तिम क्षणमा आएर कांग्रेस एमालेका केही नेताहरुले तराई मधेस भन्ने शब्द राख्नै नहुने अडान लिएपछि सहमति भाँडियो। तराई मधेस(शब्द राख्दा देश नै टुक्रिन्छ जस्तो गर्नुभयो उहाँहरुले’ गच्छदारले भने। बिहीबार रातिसम्मको प्रयास निश्कर्षमा नपुगेपछि शुक्रबार बिहान पनि गच्छदारलाई मनाउन थुप्रै प्रयास भएका थिए। संविधानसभा भवन नयाँ बानेश्वमा नयाँ संविधानमा हस्ताक्षर गर्ने क्रम सकिएपछि पनि गच्छदार आउने आसमा प्रमाणीकरण केही ढिलो गरिएको थियो। गच्छदारसँग सहमति भए उनीहरुको पनि हस्ताक्षर समेट्ने चाहना सभामुख सुवास नेम्वाङको थियो। तर मध्यान्हतिर गच्छदार प्रधानमन्त्रीकहाँ पुगेर तीन दलकै कारण आफू प्रक्रिया फर्किन नसक्ने आक्रोश पोखेका थिए। ुमैले बिहान पनि नेताहरुसँग भेटेर वा टेलिफोनमा वार्ता गरे तर अन्तिम क्षणमा पनि संविधानसभामा फर्किने वातावरण बनाउने काम उहाँहरुले गर्नुभएन, गच्छदारले भने।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending