Ntc summer Offer
Khabar Dabali २३ चैत्र २०८१ शनिबार | 5th April, 2025 Sat
Investment bank

कारागारका कैदीबन्दी आयआर्जनमा

खबरडबली संवाददाता

चितवन । जिल्ला कारागार कार्यालय चितवनका कैदीबन्दीमध्ये दुई सय ३२ कैदीबन्दी घरेलु इलममा लागेका छन् । ती मध्ये एक सय ८० जना कैदी र ५२ जना बन्दी हुन् । कार्यालयमा अहिले ४५ महिला र छ सय ६८ पुरुष गरी सात सय १३ कैदीबन्दी छन् ।

कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार अहिले सबैभन्दा धेरै कैदीबन्दी गलैँचा बुन्ने र मुढा बनाउने काममा लागिरहेका छन् । गलैँचा बुन्ने ९१ र ९६ जना मुढा बुन्ने काममा छन् । यस्तै, यहाँ फर्निचर बनाउने, कपडा सिलाउने, पर्स, (ब्याग) बनाउने, कपडा बुन्ने (ऊनीको टोपी, गलबन्दी, स्वेटर बुन्ने), गुडिया, खेलौना बनाउने कपासको बत्ती कात्ने, कपाल काट्ने, नाम्लो, डोरी बुन्ने, सुनचाँदीका गहना बनाउने, सिरकडसना बनाउनेलगायतका काममा उनीहरू लागेका छन् ।

उनीहरूले मासिक रु सातदेखि १५ हजारसम्म कमाउने गरेका छन् । कारागारमा कैदी जीवन बिताइरहेका सानु चेपाङले भने, “मैले गलैँचा बनाउने काम गर्छु । आफ्नो खर्च कटाएर मासिक रु सतदेखि आठ हजार छोराछोरीका लागि पठाउने गरेको छु ।” विगत सात वर्षदेखि गैँडा मारेको मुद्दामा कैद सजाय भोग्दै आउनुभएका चेपाङ आफू कारागार बाहिर रहँदा १२ वर्षको उमेरदेखि गलैँचा बनाउने काम गरेको सुनाउँछन् ।

उनले भने, “सुरुमा हामी दुई जना कैदी मिलेर यो व्यवसाय सुरु गरेका हौँ । अहिले यस पेसामा यहाँभित्रका एक सयभन्दा बढी आवद्ध छन् ।”

उनीहरूले मासिक रु सातदेखि १० हजारसम्म बचाएर घर पठाउने गरेको उनले बताए । यहीको कमाइले उहाँले चार छोराछोरीको पढाइ खर्च, खानेपानी, बिजुलीको पैसा तिर्दै आएको सुनाए । अहिले आफ्नै नेतृत्वमा गलैँचा बनाउने काम भएको जनाउँदै उनले आफूले कारागारभित्रका झण्डै एक सय जनालाई काम दिन पाएकामा सन्तुष्ट रहेको बताए।

आफूले सबैलाई तालिम दिएर काममा लगाएको उहाँको भनाइ छ । कैद सजाय तोकेकाले समय बिताउन र आफ्नो खर्च जुटाउन सीपमूलक काममा लाग्ने गरेको उनले बताए । गैँडा मुद्दामा नै कैद सजाय भोग्दै आएका पदमबहादुर प्रजा अहिले मुढा बन्न तल्लिन छन् । उनले मासिक आफ्नो खर्च व्यवस्थापन गरेर घरमा केही खर्च पठाउने गरेको बताए ।

विसं २०६९ मा गैँडा मारेको मुद्दामा उनी पक्राउ परी कारागार चलान भएका थिए । कारागार आइसकेपछि हुने मानसिक तनाव व्यवस्थापनका लागि आफूले काम गर्न थालेको र अहिले त्यही कामले मीठोमसिनो खान, आफ्नो इच्छाअनुसारको लगाउन र घरपरिवारमा समेत खर्च पठाउन सकिएको सुनाए ।

लामो समय कैद भुक्तान गर्नुपर्ने यस्ता कैदीलाई यहाँ भएका यस्ता उद्योगले राहत दिने गरेको उनले बताए । कार्यालयका निमित्त प्रमुख ढुङ्गानाका अनुसार अहिलेभित्र रहेर मानसिक समस्या हुनुभन्दा काम गरेर बस्नेको सङ्ख्या बढ्न थालेको छ ।

कारागार व्यवस्थापन विभागले घरेलु इलम केन्द्रका रूपमा यस्ता कारागारलाई विकास गर्न समेत प्रक्रिया अघि बढाएर कामदारको सङ्ख्या माग गरेको उनले बताए । यहाँ उत्पादित सामग्री स्थानीय बजारसहित काठमाडौँ, मकवानपुर, धादिङलगायतका ठाउँमा जाने गर्दछ । कैदीबन्दीले मेहनतका साथ काम गर्ने हुँदा उत्पादित वस्तु गुणस्तरीय हुने गर्छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अदालतको आदेशपछि पक्राउ हुने विषय गृहमन्त्री बनेकालाई थाहा नहुने कुरा भएनः शंकर पोखरेल

काठमाडाैं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेको पक्राउ प्रकरणमा भएका कमजोरी सुधार गर्न सकिने तर गृहमन्त्री भइसक...

रवि लामिछानेलाई भैरहवा लगियो, भने- ममाथि ठूलाे अन्याय भएकाे छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ । शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले ...

बारको २७ औंँ केन्द्रीय कार्यसमितिका लागि मतदात सुरु

काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निर...

राजावादीको भण्डाफोर गर्न एकीकृत समाजवादीले राजनीतिक सम्मेलन गर्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी शक्तिहरूको राजनीतिक सम्मेलनको तयारी गरेको छ ।  मुलुकमा ...

२०८१ मा नेपाली चलचित्र- घरेलु बजारमा ‘पूर्णबहादुरको सारङ्गी’ले रेकर्ड तोडेको वर्ष, अरु कस्तो रह्यो ?

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद रह्यो। यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा गरेको व्य...

टिकटकमा लाइभ बस्दा...

म्याग्दी । म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा रहेको म्याग्दी कोशेली घरकी सञ्चालक डिलकुमारी गुरुङ दैनिकजसो एक घण्टा सामाजिक सञ्जाल टिकटकमा लाइभ बस्...

बारको निर्वाचन : कांग्रेस-एमाले गठबन्धनविरूद्ध माओवादी-रास्वपा र नेकपा एसको बेग्लै प्यानल

काठमाडौँ । नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी क...

बैतडीमा जीप दुर्घटना- एकको मृत्यु, तीनजना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देहिमाण्डौँबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नं को बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरप...

आजको मौसम : पहाडीमा पानी पर्ने, बाँकी भू–भागमा मूख्यतया सफा

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक...

कक्षा ७ की छात्राले औँल्याइन संविधान संशोधनको बुँदा

काठमाडौँ । संविधान संशोधनको बहस चलिरहेका बेला विद्यालय तहमा अध्ययनरत एक छात्राले संविधानमा भएका केही त्रुटि औँल्याउँदै त्यसलाई सच्याउन सरोकारवालाको ध्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy